काठमाडौं महानगरपालिका ६ महांकालमा निशुल्क भोजन अभियान शुरु

काठमाडौं महानगरपालिका ६ महांकालमा  निशुल्क भोजन अभियान शुरु

कपन अनलाइन

काठमाडौं बैशाख १७ । काठमाडौं महानगर पालिका वडा नं ६ भित्र विभिन्न स्थानमा लक डाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सु्रिक्षत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ ।त्यसै  गरि आज बाट काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित पानी पोखरी युवा क्लब परिसर वडा  संगको समन्वय लक डाउन प्रभावितहरुलाई लकडाउन अवधीभर बिहान/बिहान  निशुल्क तयारी  खाना खुवाउने  कार्य शुरु  गरिएको छ ।

यस क्षेत्रमा दैनिक ज्यालादारी तथा मजदुरि गर्दै आएका विपन्न परिवारलाई ध्यान मा राखेर केही समय अगाडी वडाको तर्फबाट राहत बाडिएको थियो। तर यो भन्दा खाना पकाएर खुवाउने कार्य प्रभावकारी देखिएको हुनाले यो कार्यक्रम गर्न लागिएको पानी पोखरी युवा क्लबका प्रविण भट्टले जानकारी गराए।कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा पानी पोखरी युवा क्लबले  विभिन्न संघ सस्था तथा सहयोगी दाताहरुको  सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानको व्यवस्था  गरिएको बताए ।

आज बिहान बाट शुरु गरिएको सो अभियानमा बागमती  प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा काठमाडौं महानगरपालिका  वडा नं ६ का वडा सदस्य भगवान थापा लगायत स्थानीय स्वयं सेवकहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।