बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा हालसम्म ३८ लाख ५६ हजार ६ सय जम्मा भयो

बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा हालसम्म ३८ लाख ५६ हजार ६ सय जम्मा भयो

कपन अनलाइन

काठमाडौं ,बैशाख १७।

बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा हाल सम्म ३८ लाख ५६ हजार ६ सय ३० रुपैया ६७ पैसा सहयोग रकम जम्मा भएको छ।

नगरपालिकाका विभिन्न शैक्षिक संस्था,सामाजिक संघ संस्था,नगरपालिकाका कर्मचारी तथा व्यक्तिहरुले  बाट कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि बुढानिलकण्ठ नगरपालिकाले चलाएको अभियानमा सहयोग गरेका थिए।

नगरपालिकाका विभिन्न वडामा राहत वितरण र निशुल्क भोजन अभियान संचालन गरिरहेको नगरपालिकाले २०३ जना विदेस बाट आएका नगरवासीको स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ।

प्रकोप नियन्त्रण संगै नगरपालिकाले छाडा चौपाया व्यवस्थापन,खेतीपातीका लागि बिउ बिजन तथा आवस्यक सामाग्री व्यवस्थापन गरिरहेको नगरपालिकाले विषम परिस्थितिमा नगरवासीले गरेको सहयोगका लागि धन्यवाद दिदै आगामी दिनमा पनि सक्रिय सहयोगको अपिल गरेको छ।

नगरपालिकाको जानकारी :

 

 

 

तपाइँको प्रतिक्रिया ।