गोकर्णेश्वर- ४ माकलबारी बसपार्क क्षेत्रमा लकडाउन प्रभावितलाइ लक्षित गरि नि:शुल्क भोजन शिबिर संचालन गरिने
कपन अनलाइन
काठमाडौं बैशाख १६ ।गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लक डाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सु्रिक्षत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ ।त्यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारी स्थित बस पार्क क्षेत्रमा पनि नगरपालिका र वडा संगको समन्वय तथा सक्रिय स्थानीयको संयुक्त प्रयासमा लक डाउन प्रभावितहरुलाई लकडाउन अवधीभर निशुल्क तयारी खाना खुवाउने कार्य शुरु गर्ने भएको छ ।
यस माकलवारि क्षेत्रमा दैनिक ज्यालादारी तथा मजदुरि गर्दै आएका विपन्न परिवारलाई ध्यान मा राखेर केही समय अगाडी वडाको तर्फबाट राहत बाडिएको थियो तर यो भन्दा खाना पकाएर खुवाउने कार्य प्रभावकारी देखिएको हुनाले यो कार्यक्रम गर्न लागिएको स्थानीय समाज सेवी प्रमिला शेर्पाले कपन अनलाइनलाइ बताइन उनले त्यस्ता लकडाउन बाट प्रभावित ब्यक्तिहरुले खानाको लागि सम्पर्क गर्न सकिने पनि बताइन ।
कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा गोकर्णेश्वर ४ माकलबारी बस पार्क क्षेत्रमा नगरपालिका र विभिन्न संघ सस्था तथा सहयोगीदाताहरुको सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानको व्यवस्था गर्न लागिएको युवा उद्यमी रोशन बाबु श्रेष्ठले बताए ।
उनले बिहान र बेलुका भर पेट खाना खुवाउन लागिएको जानकारी गराए। बिहान ९:३० देखि बिहान १०:३० सम्म र बेलुका ५:३० देखि साँझ ६:३० सम्म सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले तयारी खानाको प्याकेट वितरण गरिने पनि बताए । सो अभियानमा जो कोहि पनि जोडिन सक्ने बताउदै बास्तबिक प्रभावितहरुको लागि सो अभियान संचालन गरिन लागिएको बताए। उनले सो अभियानमा सो इच्छाले जो कोहिले सहयोग गर्ने सक्ने बताउदै इच्छुक दाताहरुले थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने बताए।
रोशन बाबू श्रेष्ठ : 9851116334
सुमन कर्मचार्य : 9851141653
जयराम महत : 9849228387
प्रमिला शेर्पा : 9841071070
धन बहादुर कार्की : 98413225244
बिजय खत्री : 9810388332
टेक ब.कार्की : 9851062978
बिकाश गुरुङ : 9851241814
बिजय कटुवाल : 9869415499