नगरबासीको सहयोगका कारण नागार्जुन नगरपालिकामा कोरोना संक्रमण देखिएको छैन : उप प्रमुख शुशिला अधिकारी
कपन अनलाइन
काठमाडौं बैशाख १६। (कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि नागार्जुन नगरपालिकाले के कस्ता प्रयासहरु जारि राखेको छ? यस समबन्धमा कपन अनलाइनका विकल सापकोटाले नागार्जुन नगरपालिकाकी उप प्रमुख शुशिला अधिकारी संग गरिएको कुराकानीमा आधारित सामाग्री यहाँ प्रस्तुत गरिएको छ )
विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको अधिकांस देशहरुमा फैलिसकेको छ । नेपालमा पनि हाल सम्म ५२ जनामा कोभिड–१९ को संक्रमित फेला परेकोमा १६ जनामा यो निको भईसकेको छ । हाल सम्म यस नागार्जुन नगरपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन, जुन खुशीको कुरा हो । नगर बासीहरुको सहयोगको कारण हाल सम्म संक्रमण नदेखिएको बताइन ।
तर यसो भन्दैमा हामीले सतर्कता अपनाउन छोड्नु हुदैन र हामीले संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रेयासहरु जारी राखेका छौ, विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा नेपाल सरकारले चैत्र ११ गते बाट शुरु गरिएको लकडाउन बैशाख २५ गते सम्मलाइ थप गरिएको निर्णय गरेको छ ।
नगर बासीलाइ कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई यस नागार्जुन नगरपालिकाले पूर्ण रुपमा नगरवासीलाई पालना गर्न आव्हान गरिसकेको छ । सिमित स्रोतका बाबुजुत पनि नागार्जुन नगरपालिकाले कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको लागेको र छोटो अवधिमा धेरै तयारी गरेको बताइन ।कोरोना भाइरसको सङ्क्रमणवाट बच्न नागार्जुन नगरपालिकाले उच्च सर्तकता अपनाएको बताउदै त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताइन । कोरोना भाइरस जस्ता महामारी र विपदको लागि नगरपालिकाले १ करोडको विपद व्यवस्थापन कोष व्यवस्थापन गरेको पनि जानकारी गराइन ।साथै प्रदेश सरकार बाट १२ लाख समेत प्राप्त भएको जानकारी गराइन् ।
नगरपालिकाले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै नगर क्षेत्र भित्र किटनाशक औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी सामाजिक दुरी कायम गराउन , लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा नगरपालिकाले नगरभित्र माईकीङ र निरन्तर अनुगमन कार्य गरिरहेको बताउदै उप प्रमुख अधिकारीले लकडाउन लम्बीदा नगरका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको भन्दै नगरपालिकाले त्यस्ता परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको पनि बताइन ।
उनले राज्य द्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु गरिएको बताइन ।
नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन किराना, तरकारी तथा खाद्यान्न पसल निश्चित समयमा खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेको बताउदै वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्ध स्तरमा खटिन विभिन्न बैठकहरु मार्फत अनुरोध गरिएको बताइन ।
यस नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरि होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको र यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गरिदै संकास्पद व्यक्तिहरुको कोभिड–१९ बाट संक्रमित भए नभएको यकिन गर्न ल्याव टेस्टको प्रकृया अगाडी बढाइएको जानकारी गराइन। हाल सम्म पहिलो चरणमा ६३ जनाको स्वाब परिक्षण गरिएको छ भने ७९ जनाको RDT परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराइन।
नागार्जुन नगरपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यले वडा नम्बर ८ स्थित भिमढुंगा स्वास्थ्य चौकीमा ९ शैयाको आइसोलेशन वार्ड तयार गरिएको , त्यस्तै वडा नम्बर १ मा रहेको शहरी विकास विभागबाट निर्मित भवनमा ३० बेडको सुबिधा युक्त क्वारेन्टाइन वार्ड बनाइएको र हेल्थ डेस्क पनि स्थापना गरिएको जानकारी गराइन । उनले यदि कोहि कोरोनाको संक्रमण भई उपचार गर्नुपर्ने भएमा सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने गर्ने घोषणा गरिएको जानकारी गराउदै सामाजिक सुरक्षा भत्ता पाईरहेका व्यक्तिहरु लगायत सुत्केरी महिलालाई नेपाल सरकारले लकडाउन गरेको मिति देखि लागु हुने समय अवधीसम्म विरामी भई उपचार गराउनु पर्दा ५ हजार सम्म रकम सहयोग गरिने पनि बताइन ।
विश्व भरि फैलिएको कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु ,सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएकाहरुको मुक्त कण्ठले प्रसंशा गर्दै धन्यवाद दिएकी छिन् ।नागार्जुन नगरपालिकाले अनुगमन तिब्र बनाएको बताउदै वडा स्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरि वडा स्तरीय बजार अनुगमन समिति बनाई काम भईरहेको बताइन। नगर उपप्रमुख शुशिला अधिकारीले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नागरिकलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका नगरबासीहरुको अवस्था र स्वास्थ्य सेवाको बारेमा नियमित रुपमा अनुगमन गरिरहेको जानकारी गराइन ।
नागार्जुन नगरपालिकाका बिभिन्न वडामा दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको अनुगमन गरिनुको साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिन हुन समेत अनुरोध गरिएको जानकारी गराइन। उनले अनुगमनको क्रममा अधिकांश पसलमा दैनिक उपभोग्य सामग्रीको मौज्यात रहेको पनि अनुगमनको क्रममा पाएको बताइन ।उनले स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाहिर नजान, त्रसित नभई सावधानी अपनाउन, लकडाउन अवधिभर धैर्यता पूर्वक सरकारी आदेशको पालना गर्न र घरमा आफ्नो परिवारसंग बसी सृजनात्मक तथा रचनात्मक कार्यहरुमा आफू तथा बालबालिकाहरुलाई संलग्न गराउन पनि अनुरोध गरेकी छिन ।
लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिव परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको नीतिमा रहेर वडा अध्यक्ष ज्यूहरुको अध्यक्षतामा सर्वदलिय राहत वितरण समिति गठन गरी चामल, दाल, चिनी, तेल, लगायतका खाद्यान्न वडा स्तरमा वितरण गरिएको जानकारी गराइन । उनले नगरपालिकाका बिभिन्न स्थानमा सहयोगी दाताहरुको सहयोगमा लकडाउन प्रभावितहरुलाई निशुल्क भोजन व्यवस्था पनि गरिएको जानकारी गराइन उनले त्यस्ता दाताहरुलाई समेत धन्यवाद दिएकी छिन ।
नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारी पूर्वक कामहरु गर्दै आईरहेको बताउदै बिषय बिज्ञ संग परामर्श लगायतको कार्य पनि गर्दै आएको बताइन ।अवका दिनहरुमा पनि यस संक्रमणबाट नागार्जुन नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न नगरपालिका कटिबद्ध रहेको बताइन । कुनै आपतकालीन सेवा आवस्यक पर्ने अवस्था आयो भने नगरपालिका सम्पर्क गर्न सकिने पनि जानकारी गराएकी छिन् ।
(फोटो : सामाजिक संजाल )