लकडाउनमा उपत्यका (फोटो फिचर)
कपन अनलाइन
काठमाडौं बैशाख १५/कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि काठमाडौंका सडकहरु सुनसान भएका छन् ।मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ।उनीहरुले सम्झाइबुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिदै आएका छन् भने केहि बेर होल्ड मा राखेर कारवाही पनि गर्दै आएका छन। सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकर लगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । प्रहरीहरुले पास भए-नभएको चेक गरेर मात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् ।
अहिले आम नागरिक घर भित्र भर्च्युल संसारमा रमाइरहेको भए पनि बाहिर कस्तो होला भन्ने सबैमा कौतुहलता रहेको छ त्यहि बाहिर हेर्ने र बुझ्ने तपाईहरुको अभिलाषा पुरा गर्न हामी हामीले काठमाडौं र भक्तपुरका केहि स्थानहरु कपन अनलाइनका फोटो पत्रकार सरोज बस्नेतले कैद गरेका छन् ।