आफ्नो निजि सवारी साधनमा धेरै वडावासीलाई आपतकालीन सेवा दिएको छु : शम्भु भट्टराई (अध्यक्ष)

आफ्नो निजि सवारी साधनमा धेरै वडावासीलाई आपतकालीन सेवा दिएको छु : शम्भु भट्टराई (अध्यक्ष)

कपन अनलाइन 

काठमाडौं ,बैशाख १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले आपतकालीन सेवामा सक्रिय रहेका छन। अध्यक्ष भट्टराईले नेपाल मेडिकल कलेज सिनामंगल र आतरखेल,ग्रांडी अस्पातल लगायतका अस्पतालमा लाने र लैजान काममा आफै सक्रिय बन्दै सेवा पुर्याएका छन।

आपतकालीन सेवाका लागि अध्यक्ष भट्टराईले  बा १२ च ८४६४ नम्बरको नीजी सवारी प्रयोग गरेको बताउदै अध्यक्ष भट्टराईले कुनै वडावासीलाई यस्तो  सेवाको आवस्यकता परेमा सम्पर्क गर्न आग्रह गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले हाल सम्म  १५०७ जनालाई वडा कार्यालयको तर्फ बाट र १३० जनालाई बाल विकास समाज र हिमालयन भोटे समाजको सहयोगमा राहत वितरण गरिएको बताउदै अध्यक्ष भट्टराईले कोहि पनि वडावासीलाई सहोयग आवस्यक परेमा वडा कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिएका छन।

वडा नं १२ का आनिगुम्बा ,खरिबोट , तेन्जिंग चोक ,घटराज शालिक ,राधा कृष्ण चोक लगायत १० स्थान बाट राहत वितरण गरिएको जानकारी दिदै आध्यक्ष भट्टराईले लकडाउन पालना तथा राहत वितरणका लागि ६५ जना स्वयंसेवक परिचालन गरिएको बताएका छन।

वडा नं १२ का १३ जना नागरिकको RDT परिक्षण गरिएको थियो भने विभिन्न जिल्ला बाट आएका ८ जनाको  पनि स्वास्थ्य परिक्षण गरिएको छ।करिव ६५ जना वडावासीलाई  पास उपलव्ध गराएको जानकारी दिदै अध्यक्ष भट्टराईले सुरक्षा कर्मी तथा विभिन्न वडाका जनप्रतिनिधिहरु संग समन्वय गरेर पसल तथा अन्य सेवाको समयका वारेमा नयाँ निर्णय गरिने बताएका छन।

तपाइँको प्रतिक्रिया ।