पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अफ्ट्यारो परेकालाई गाउँ फर्काउने

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अफ्ट्यारो परेकालाई गाउँ फर्काउने

कपन अनलाइन 

काठमाडौं ,बैशाख १५ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरु मध्ये आवस्यक परेकालाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका स्थायी ठेगाना भई काठमाडौ उपत्यका भित्र बसोबास गरिरहेका नागरिकहरुलाई लकडाउन बाट सृजित असहज र विषम परिस्थितिबाट पर्न गएको अफ्ट्यारोमा राहत र उद्वार गर्नको लागि ८ वटै वडाका अध्यक्षहरुले  काठमाडौं उपत्यका मा   १५ र१६ गते तथ्यांक संकलन गर्ने र गरिब असहाय  र स्याहार सुसार गर्ने कोहि नभएका व्यक्तिहरुलाई  गाउँ फर्काउन पहल गर्ने निर्णय पनि गरेको गउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिएका छन।
गाउँमा आउन नचाहने र गाउँमा ल्याउन आवश्यक नभएका तर काठमाडौंमा नै राहत दिनुपर्ने अवस्थाका व्यक्ति परिवार भएमा त्यस्ता व्यक्ति परिवारलाई राहत र उद्वार गर्न आकास्मिक वैठक ( भिडियो कल या अन्य माध्यम बाट) बसी आवस्यक निर्णय  भएको लामाले जानकारी दिएका छन।
सामाजिक दुरी कायम गर्दै बैशाख १६ गते देखि विद्यालय  प्रशासन सञ्चालन गर्न र एसएमएस र फोन सम्पर्क मार्फत विद्यार्थी भर्ना सञ्चालन गर्न शिक्षा शाखाले गाउँपालिका भित्रका शैक्षिक संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना प्रकोपको नियन्त्रण र  रोकथामका लागि निम्न कामहरु गरेको छ।

१. प्रवेश द्वार मा स्वास्थ चेक जाच

२. पाचपोखरी थाङ्पाल गाउँपालिकामा  चैत्र महिना प्रवेश भएका व्यक्ति को स्वास्थ चेकजाच पु

३. पालिका भित्र भएका जेष्ठ नागरिक तथा दीर्घ रोगिलाई लकडाउन समय अबधि भर निशुल्क औसधि वितरण गरिएको

४. पाँचपोखरी थाङपाल गाउपालिका भित्र covid 19 रोकथाम सम्बन्धि प्रचार प्रसार गरिएको

५ .covid 19 लाई सफल बनाउन पाँचपोखरी भित्र शान्ति सुरक्षाको लागि  विभिन्न अभियान संचालन गारिएको

तपाइँको प्रतिक्रिया ।