बुढानिलकण्ठ-११ का ९६ वर्षीय मनकारी देव बहादुर देउजाको विपद कोषमा सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख १४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी ९६ वर्षका पुर्व राष्ट्रसेवक देव बहादुर देउजाले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेका छन।
देउजाले नगरपालिकाको कार्यालयमा पुगेर आफ्नो एक महिनाको पेन्सन रकम १२ हजार ५ सय बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेका थिए।
करिव एक सताव्दी उमेर पुग्न लागेका सम्भवत नगरपालिकाकै जेष्ठ नागरिक (!) देउजा बाट सहयोग ग्रहण गर्दै प्रमुख खरेलले देउजा जस्ता जेष्ठ नागरिकको अनुभव र भोगाई नया पुस्ताका लागि ठुलो ज्ञान हुने भन्दै सहयोगको सक्रियताका लागि आभारी रहेको बताएका थिए।
तपाइँको प्रतिक्रिया ।