न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न तल्लिन वडा अध्यक्ष रमेश अर्याल
कपन अनलाइन
काठमाडौं बैशाख १४ ।अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।
यसै क्रममा आफ्ना वडालाइ कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएका गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालको दैनिकी फेरिएको छ। बिहान देखि बेलुका अवेर सम्म लकडाउनका कारण वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएका छन ।न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल राहत वितरण ,अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै नगरवासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन।
त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेको छन । विदेश बाट भर्खरै फर्किएका हरुको अभिलेख तयार गर्ने देखि लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेलेका अर्याल हाल वडामा सहयोगी दाताहरुको सहयोगमा दैनिक ज्याला गरि खाने श्रमिकहरुको लागि निशुल्क खाना खुवाउने अभियानमा दरिलो अविभावकत्व प्रदान गरेका छन। कोरोना संक्रमण न्यूनीकरणको लागि किटनाशक औषधी छर्कने कार्यमा होस् या सामाजिक दुरी कायम गर्दै पसल खुलाउन र हात धुने व्यवस्थापनको लागि आफै अग्रसर भएका उनले आफ्नो गाउ फर्कन टाढा टाढा हिडेकाहरुलाई गाउ सम्म पुर्याउन समन्वयकारी भूमिका खेल्दै आएका छन ।
विपदमा जनताको सेवा गर्ने गहन दायित्व बोकेको उनले संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरे देखि आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने उनले वडा बासीलाई घरमै बस्न अनुरोध समेत गरेका छन ।
त्यस्तै वडा नं ६ मा विदेस बाट आएका १८ जनाको RDT परिक्षण गरिएको जानकारी दिदै अध्यक्ष अर्यालले कसैको पनि पोजेटिभ नआएको बताए ।उनले अहिले सम्म वडा बाट करिव २ हजार जना भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी गराउदै त्यो संख्या भन्दा बढीलाइ दाता बाट प्राप्त सहयोगको आधारमा राहत कुपन वितरण गरिएको पनि बताए ।उनले त्यो संगै गोकर्णेश्वर नगरपालिका वडा नं ६ को सिमाना वडा नं ५ संग पनि जोडिएको हुँदा ७ ठाउमा सहयोगी दाताको सहयोग र वडाको पहलमा निशुल्क भोजन शिविर संचालन गरिएको त्यो ७ ठाउमा जहाँ गएर खाना खान सक्ने व्यवस्था मिलाएको जानकारी गराउदै उनले त्यसमा वडा बासीलाई मात्र नभएर लक डाउन बाट प्रभावित जो कोहिले पनि खान सक्ने बताए । उनले वडामा सुरक्षित तवरले सामाजिक दुरी कायम गरि संचालन भई रहेको भोजन शिवीरमा छिमेकि राष्ट्र भारत बाट मजदुरी गर्न आएकाहरुले समेत सो शिविर बाट लाभान्वित भएको बताए । उनले वडामा कुनै पनि समस्या भएको खण्डमा जनप्रतिनिधिहरुलाई खबर गर्न पनि अनुरोध गरेका छन ।