गोकर्णेश्वर युवा उपकार क्लब द्वारा लकडाउन प्रभावितहरुलाई नि:शुल्क खाना वितरण

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा लकडाउन प्रभावितहरुलाई नि:शुल्क खाना वितरण

कपन अनलाइन

काठमाडौं बैशाख १०। गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लक डाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सु्रिक्षत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ  ।त्यसै क्रममा   गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले लक डाउन प्रभावितहरुलाई निशुल्क तयारी  खाना खुवाउने  कार्य शुरु गरेको छ।

बैशाख ९ गते बिहान बाट उक्त कार्य शुरु गरिएको क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले जानकारी गराए कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा गोकर्णेश्वर युवा उपकार क्लब ले बिभिन्न संघ सस्था तथा सहयोगीदाताहरुको   सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानको व्यवस्था गरिएको  पनि बताए  ।

कोरोनाको संक्रमण फैलिन नदिन  नेपाल सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि  मंगलबार बाट खानाको प्याकेट वितरण गरेका हुन् । उनले  क्लब परिसर गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमा  बिहान  १०  बजे देखि १० :४५  सम्म र बेलुका ५:३०  बजे देखि ६  बजे सम्म सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले तयारी खानको प्याकेट वितरण गरिएको पनि बताए ।उनले सो कार्यमा खटिने  स्वयं सेवकहरुलाइ धन्यवाद दिदै सो अभियानमा जो कोहि पनि जोडिन सक्ने बताए। उनले बास्तबिक प्रभावितहरुको लागि सो अभियान संचालन गरिएको  बताए। उनले सो अभियानमा सो इच्छासहयोग गर्ने सकिने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।