चम्पादेवीका किसानलाई खुसीको खबर , भू उपयोगी उत्पादन राहत कोष स्थापना
कपन अनलाइन
ओखलढुंगा ,बैशाख ९ ।
कोरोना भाइरसको महामारीबाट प्रभावित किसानहरुलाई मध्यनजर गरेर ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले भू उपयोगी उत्पादन राहत कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिले १ करोड रुपैयाँ राहत रकम व्यवस्था गरेको छ ।
गाउँपालिकाकोे आकस्मिक बैठकले कोरोना भाइरको महामारीका कारण भयावह अवस्था सिर्जना हुने अवस्था आएको भन्दै गाउँपालिकाभित्रका प्रभावित किसानलाई एक करोड रुपैयाँको राहत व्यवस्था गरेको हो र गाउँपालिका क्षेत्रमा रहेका वर्षौँदेखिका निष्क्रिय जमिनलाई खनजोत गरेर बाली लगाउन, बाली प्रवर्धन गर्न, किसानहरुलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन गाउँपालिकाले भू उपयोगी उत्पादन राहत कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष नवराज केसीले बताएका छन ।
गाउँपालिकाले किसानलाई बेरोजगारी, भोकमरी लगायतका समस्याबाट बचाउन रोजगारी, विउ विजन, राशायनिक मल, कीटनाशक विषादि, प्राविधिक सेवालगायतको राहत प्रदान गरिनेछ ।