बुढानिलकण्ठ -७ मा राहत प्राप्त गर्न छुटेका ११३ जनालाई सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख ९।
बुढानिलकण्ठ नगरपालिका वडा न.७ ले राहत प्राप्त गर्न छुटेका ११३ जनालाई राहत वितरण गरेको छ ।
यस अघि चैत्र २७ र २८ गते राहत वितरण गरिएकोमा त्यस नामावलीमा छुटेका अति विपन्न ,मजदुर र विद्यार्थीहरु पहिचान गरि आज थप ११३ घर -परिवालाई राहत वितरण गरिएको वडा अध्यक्ष बस नारायण महर्जनले जानकारी दिएका छन । साथै २७ र २८ गते राहत पाएकाहरु करिव ४७० जना सङ्ग नदिहिरिने गरि आज ११३ जनालाई रहत वितरण गरिएको र यस सङै बुनपा -७ बाट राहत लिने ५८३ घर परिवार पुगेको उनले जानकारी दिएका छन ।
चैत्र २७ र २८ गते र आज बैशाख ९ गते भएको राहत वितरण एकदमै सहज र बैज्ञानिक तवरले भएको र यस कार्यबाट आफू पुर्ण संतुष्ट रहेको बताउदै नेपाली काङ्ग्रेस वडा -७ का प्रतिनिधि विजय महर्जनले अब यसबारे समिक्षा बैठक बस्नु पर्ने सुझाव दिएका छन । साथै वडाले गरेको सबै काम क्रियाकलापमा सर्वदलीय पक्षलाई समेटेर अगाडि बढेकोमा वडा अध्यक्षलाई उनले धन्यवाद पनि व्यक्त गरेका छन ।