नेपाली कांग्रेस बुढानिलकण्ठ -१० का सभापति श्याम डोटेलको व्यक्तिगत खर्चमा दोश्रो दिनको निशुल्क भोजन

नेपाली कांग्रेस बुढानिलकण्ठ -१० का सभापति श्याम डोटेलको व्यक्तिगत खर्चमा दोश्रो दिनको निशुल्क भोजन

कपन अनलाइन

काठमाडौं ,बैशाख ९।

नेपाली कांग्रेसका वडा सभापति श्याम डोटेलले  बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले  वितरण आएको दोश्रो दिनको निशुल्क भोजन आफ्नो व्यक्तिगत खर्च उपलव्ध गराएका छन ।

लकडाउनको समयमा राहत सामाग्री प्राप्त नगरेका विपन्न तथा गरिव पारिवारलाई वडाका टोल विकास समिति ,संघ संस्था ,महिला समुह तथा स्वयंसेवकहरुको सहयोगमा तथ्यांक संकलन गरेर निशुल्क भोजन वितरण गर्ने व्यवस्था गरेको वडालाई डोटेलले सहयोग गरेका हुन्।

भोको पेट बस्न बाध्य बनेका नागरिकलाई भोजनको व्यवस्था केहि सहयोग  गर्दै मानवीय सेवा नबिन सेवामा समर्पित बन्न यो सहयोग गरेको  जानकारी दिदै डोटेलले अन्य व्यक्ति तथा संघ संस्थाहरुलाई पनि सहयोगका लागि आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।