घर घरमा पुगिरहेको छ “छहारी भवन”मा बनेको निशुल्क भोजन

घर घरमा पुगिरहेको छ “छहारी भवन”मा बनेको निशुल्क भोजन

कपन अनलाइन 

काठमाडौं ,बैशाख ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको WHR को छहारी भवन बाट निशुल्क भोजन उपलव्ध गराउने क्रम जारी रहेको छ।उक्त भवन बाट शुरु गरिएको यो मानव सेवा अहिले बुढानिलकण्ठ नगरपालिकाका ९ वडामा पुगेको छ।

बुढानिलकण्ठ नगरपालिकाका  वडा नं १,२,३,४,५,६,७,८ र ९ का विपन्न परिवारले अहिले बेलुकाको समयमा निशुल्क भोजन प्राप्त गरिरहेका छन।

सामाजिक अभियन्ता लिली थापाले शुरु गरेको यो नबिन र जनसेवी कार्यमा गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलले साथ दिदै आएका छन भने यस सत्प्रयासमा जोडिन धेरै स्वयंसेवक सामेल भएका छन।

अहिले करिव ३० सय जनालाई उपलव्ध गराउदै आएको निशुल्क भोजन अव केहि दिनमा टोखा नगरपालिका वडा नं २ मा पनि शुरु गरिनेछ।

विषम परिस्थितिमा कोहि भोकै बस्नु नपरोस भनेर शुरु गरिएको अभियानमा अहिले सहयोगीहरु थपिने क्रम बढिरहेको छ भने यसले परोपकारको काममा धेरैलाई प्रेरित पनि गर्दै आएको छ।

यस्तो अफ्ट्यारो समयमा भोजन पुर्याउने कामलाई पनि अभियन्ता स्वयंको प्रत्यक्ष सहभागितामा संचालन गरिएको छ जसमा अभियन्ता लिली थापा ,प्रदिप डंगोल र अन्य स्वयंसेवक सक्रिय रहेका छन।

विभिन्न सहयोगीहरु बाट प्राप्त सहयोलाई छहारी भवनमा भण्डारण गरि त्यहि बाट छहारी भवनका स्वयंसेवक र अन्य समाजसेवीको पहलमा भोजन तयार गरेर वितरण हुदै आएको छ।

यस्तो सेवा लिनका लागि आफ्नो सम्बन्धित वडा कार्यालयमा नाम लेखाउन सकिने संस्थाले जानकारी दिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।