चन्द्रागिरीका एम्वुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षाका लागि १० लाखको स्वास्थ्य सुरक्षा वीमा
कपन अनलाइन
काठमाडौं ,बैशाख ५।
चन्द्रागिरि नगरपालिकाका भित्र सेवामा रहेका एम्वुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाको तर्फबाट रु १० लाखको स्वास्थ्य सुरक्षा वीमा गरिदिने भएको छ।
नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा नगर उप प्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकिय अधिकृत कर्ण व. भुवाजी, थानकोट प्रहरी वृत्तका प्रमुख घनश्याम श्रेष्ठ, स्वास्थ्य शाखा कर्मचारी तथा अन्य नगरपालिका कर्मचारीहरुको उपस्थितिमा नगरपालिका भित्र संचालनमा रहेका एम्वुलेन्स संचालक तथा चालकहरुको उपस्थितिमाभएको छलफलबाट सो निर्णय गरिएको हो ।
त्यस्तै बैकुण्ठनाथ दिव्यधाम संस्थाद्धारा संचालनमा रहेको एम्वुलेन्सलाई चन्द्रागिरि नगरपालिकाको COVID-19 डेडिकेटेड एम्वुलेन्सको रुपमा संचालन गर्ने निर्णय पनि सो छलफलमा भएको छ ।
अन्य सम्पुर्ण एम्वुलेन्सहरुको विरामी र चालकवीच स्वास्थ्य सुरक्षा (क्याविनको हावा नछिर्ने गरी खण्ड खण्ड बनाउने र सेवा प्रदान गरेपश्चात प्रत्येक पटक क्लोरिन पानीबाट सफा गर्ने) कायम गरि निरन्तर सेवा प्रदान गर्ने छ।
एम्बुलेन्सलाई विषाणुरहित बनाउने रसायनको प्रबन्ध र PPE प्रयोगको बारेमा नगरपालिकाले सहयोग गर्ने, एम्बुलेन्स संचालकहरुले अहिलेको विषम परिस्थितिमा एम्बुलेन्स सेवालाई चुस्त दुरुस्त बनाउने निर्णय भएको कार्यक्रममा ६ ओटा संस्थाका एम्बुलेन्स चालकहरुलाई PPE हस्तान्तरण गरिएको हो।फोटो सौन्जन्य :चन्द्रागिरी न्युज