सेवा निवृत्त सुरक्षाकर्मीहरु लाइ नाम लेखाउन चन्द्रागिरी १ का वडा अध्यक्ष राजेन्द्र केसीको अनुरोध
कपन अनलाइन
काठमाडौं बैशाख ५ । चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसीले वडा बासीलाई विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमण बाट बच्न लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन् । उनले लक कडाउनमा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको भन्दै सबैलाई लक डाउनको पूर्ण पालना गरि घरमा सुरक्षित रहन आग्रह गरेका हुन् ।
उनले कोभिड १९ जी संक्रमण रोकथाम नियन्त्रण का लागि चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरि नेपाली सेना, नेपाल प्रहरी ससस्त्र प्रहरी बल (सुरक्षा निकाय) तर्फ सेवा निरवृत्त ६५ वर्ष उमेर ननाघेका ब्यक्तिहरुले अबिलम्ब निम्न लेखित जन प्रतिनिधि मध्ये जो कोहीलाई सम्पर्क गरि नाम लेखाउन अनुरोध गरेका छन ।
मणिराम गिरि: ९८४१४११९९२६
शान्ता गिरी :९८४३१३४९१५
गोबिन्द थापा : ९८४१४७८३०१
सरस्वती रोका :९८१८००३२६२ मा सम्पर्क गर्न अनुरोध गरेका छन ।
उनले उनले वडा बासीको स्वाथ्य प्रति वडा कार्यालय जिम्मेवार र संबेदनशिल रहेको जानकारी गराउदै यस कठिन परिस्थितिमा सम्पूर्ण नागरिकहरुले भोलि आउन सक्ने विषम परिस्थिति समेतलाइ दृष्टिगत गर्दै आ आफ्नो भूमिका प्रभाबकारी र इमान्दारी पुर्वक निर्वाह गर्नु पर्ने बेला आएको तर्फ पुनः गम्भीर ध्यानाकर्षण गराएका छन ।