अव ओम समाज हस्पिटलको “लकडाउनमा निशुल्क दन्त्य उपचार सेवा घर घरमा”
कपन अनलाइन
काठमाडौं ,बैशाख ५।
ओम समाज डेन्टल अस्पतालले “लकडाउनमा निशुल्क दन्त्य उपचार सेवा घर घरमा” कार्यक्रम शुरु गरेको छ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दन्त्य शिबिरहरु संचालन गरिरहेको र विज्ञहरुले सेवा दिने ओम समाज डेन्टल हस्पिटलले घरबाट बाहिर निस्कन नहुने बेलामा कसैलाई दाँत दुखाइको पिडाले घरमा बस्न नपरोस् भनी अत्याधुनिक सुबिधा सम्पन्न अत्याधुनिक डेन्टल उपकरण जडित एम्बुलेन्सको व्यवस्था गरिएको हस्पिटलले जानकारी दिएको छ।
अस्पताल दन्त्य चिकित्सकले आवश्यकता अनुसार यहि बैशाख ७ गते आइतबार देखि दन्त्य उपचार सेवा घरघरमा निशुल्क सेवा दिने जानकरी दिएको छ।
अस्पतालका प्रसासन प्रमुख अजय रेग्मीले सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास गरेको र यसको उदेश्य कोहि पनि दाँतको उपचारबाट बन्चित हुन नपरोस् भन्ने रहेको बताए।
रेग्मीले अशक्त,जेष्ठ नाग़रिक वा अन्य कुनै रोगले हिडुल गर्न नसक्नेहरुलाइ दाँत मुखको समस्याले अफ्ठ्यारो परेमा घरमै गएर निसुल्क आपतकालीन सेवाको उपचार गर्ने ब्यबस्था मिलाएको बताए ।
जसका लागि बिरामिहरुले आफ्नो फोन नम्बर हामिलाइ फोन गरि टिपाउनुपर्ने र हाल लाइ यो सेवा बिहान ११ बजे देखि २ बजेसम्म रहने ब्यबस्था मिलाइएको उनले जानकारी दिएका छन ।
सम्पर्क :01-4480880, 4810035