भोको पेट हुनुहुन्छ ? छहारी भवन बुढानिलकण्ठ -७ आउनुस निशुल्क भोजन गर्नुस !

भोको पेट हुनुहुन्छ ? छहारी भवन बुढानिलकण्ठ -७  आउनुस निशुल्क भोजन गर्नुस !

कपन अनलाइन

काठमाडौं ,बैशाख ४।

बुढानिलकण्ठ नगरपालिका  वडा नं ७ मा रहेको छहारी भवनले  विपन्न तथा गरिव परिवारलाई निशुल्क भोजन गराउने अभियान शुरु गरेको छ।

लकडाउनको अवधिभर बेलुका ४ बजे देखि ६ बजे सम्म उक्त भवनमा निशुल्क भोजनको व्यवस्था मिलाइएको WHR ले बुढानिलकण्ठ नगरपालिकाका सो क्षेत्रका विपन्न तथा गरिव परिवारका सदस्यहरुले आफ्नो सम्बन्धित वडामा नाम टिपाएर उक्त सेवा प्राप्त गर्न सक्नेछन ।

सामाजिक दुरी कायम गर्दै सुरक्षा विधि अपनाउदै सो भवनमा निशुल्क भोजनको व्यवस्था गरिने र अन्य आवस्यक अवस्था परेमा क्वारेन्टाइनको पनि व्यवस्था गरिएको जानकारी दिदै संस्थाले वडा बाट आएका नामको आधारमा निशुल्क खाना सम्बन्धित ठाउमा उपलव्ध गराउने छ।

यस समयमा कोहि पनि नागरिक भोकको पिडामा बस्नु नपरोस भनेर यो अभियान शुरु गरिएको संस्थाले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।