नगरपालिकाको विपद कोषमा पेट्सान बूढानीलकण्ठको ४० हजार

नगरपालिकाको विपद कोषमा पेट्सान बूढानीलकण्ठको ४० हजार

काठमाण्डौं , वैशाख २ । सार्वजनिक शैक्षिक गूठी अन्तर्गत  सञ्चालित विद्यालयहरुको संगठन पेट्सान बूढानीलकण्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषमा ४० हजार  सहयोग गरेको छ ।

पेट्सान केन्द्रिय महासचिव जे.एस. पौडेल र पेट्सान बूढानीलकण्ठका अध्यक्ष पुष्पराज अधिकारी सहितको टोलीले नगरपालिकाका प्रमूख उद्दव प्रसाद खरेललाई सो रकम हस्तान्तरण गरेको थियो।

आफ्नो संस्थाको तर्फ बाट यस विसम परिस्थितिमा एउटा सानो सहयोगको प्रयास गरेको र आगामी दिनहरुमा पनि यस नगरपालिकालाई आवश्यक अन्य सबैखालका सहयोगहरु गर्नकालागि नगरपालिकामा रहेका सबै गूठी अन्तर्गत  विद्यालयहरु हर समय तयार रहेको कुरा पेट्सानले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।