नयाँ वर्ष २०७७ को अवसरमा काठमाडौं महानगर प्रमुख बिद्यासुन्दर शाक्यको शुभकामना सन्देस !

नयाँ वर्ष २०७७ को अवसरमा काठमाडौं महानगर प्रमुख बिद्यासुन्दर शाक्यको शुभकामना सन्देस !

कपन अनलाइन

काठमाडौं ,बैशाख १।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सबै मिलेर महामारी नियन्त्रण गर्नु पर्ने यो संकटको समयमा सहरबाट गाउँ नफर्कन आग्रह गर्दै कुनै समस्या परे महानगरको टोल फ्रि नंंम्बरमा  सम्पर्क गर्न अपिलगरेका छन ।

नयाँ बर्षको अवसरमा  शुभकामना बक्तव्य जारी गर्दै मेयर शाक्यले  कोरोना भाइरसले ल्याउन सक्ने महामारीविरुद्ध लड्न सबैजना घरमै लडकडाउनको अबस्थामा रहेको र यस समयमा नयाँ बर्षलाई घरमै बसेर उल्लासमय बनाउन र सरकारले जारी गरेको लकडाउनको आदेश पालना गर्न अपिल गरेका छन  ।

शाक्यले   महानगरले गरेको कामको उल्लेख गर्दै सहरलाई निसंक्रमण बनाउन स्प्रे गरिएको, फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थालाई नियमित गरिएको, ब्रुमरले सडक बढार्ने काम भएको, सहरमा बसेर हातमुख जोर्ने समस्या भएका परिवारलाई वडाबाट राहत सामाग्री वितरण गरिएको जानकारी गराउदै  महानगरबासीको सुख, शान्ति, समृद्धि र दिगो उन्नतिको कामना गर्दै भाइरसको संक्रमणबिरुद्ध लड्न सबैमा हौसला र सहास प्राप्त होस्, महामारीको जोखिमबाट चाँडै मुक्त हुन सकौं भन्ने शुभकामना व्यक्त गरेका छन।

साथै उनले  कोभिडको आशंका भए महानगरले सञ्चालनमा ल्याएको कोभिड निगरानी प्रणाली मोवाइल एप्लिकेसनको प्रयोग गर्न र अस्पताल जान १०२ एम्बुलेन्स सेवाको प्रयोग गर्न समेत आग्रह गरेका छन।फोटो सौजन्य :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।