गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा स्थानीय व्यवसायी द्वारा राहत वितरण
कपन अनलाइन
काठमाडौं चैत्र ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ८मा स्थानीय व्यवसायी द्वारा राहत वितरण गोकर्णेश्वर नगरपालिका वडा नं ८ वेशी गाउमा वडा संग को समन्वयमा ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गर्ने तथा निम्न आय भएकाहरुलाई शनिबार राहत सामग्री वितरण गरिएको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुरहरु समस्यामा रहेका छन् । यसलाई मध्यनजर गरी गोकर्णेश्वर नगरपालिकाको स्थानीय व्यवसायीहरु हरी कृष्ण श्रेष्ठ , पुष्पराज वैद्य , विदुर खनालको सहयोगमा ७५ घर परिवारलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।सो राहत वितरण कार्यक्रममा वडा अध्यक्ष मनोजकुमार ढुंगाना , वडा सदस्य नन्द लाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।