कागेश्वरी मनोहरा नगरपालिकामा अनुगमनलाइ तिब्रता दिएका छौ :उप प्रमुख बिन्दु सिंखडा पुडासैनी
कपन अनलाइन
काठमाडौं चैत्र २७ । कागेश्वरी मनोहरा नगरपालिकाले अनुगमन तिब्र बनाएको छ ।वडा स्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरि वडा स्तरीय बजार अनुगमन समिति बनाई काम भईरहेको छ । नगर उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नागरिकलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका नगरबासीहरुको अवस्था र स्वास्थ्य सेवाको बारेमा नियमित रुपमा अनुगमन गरिरहेको बताइन ।
कागेश्वरी मनोहरा नगरपालिकाका बिभिन्न वडामा दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको अनुगमन गरिनुको साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको जानकारी गराइन । उनले अनुगमनको क्रममा अधिकांश पसलमा दैनिक उपभोग्य सामग्रीको मौज्यात रहेको पनि अनुगमनको क्रममा पाएको बताइन ।
नगर उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले स्वास्थ्य संस्थाहरुबाट भैरहेको सेवा प्रवाह, दैनिक उपभोग्य सामानको अवस्था, ज्यालादारी तथा विपन्न वर्गको अवस्था लगायतलाई केन्द्रीत गरेर अनुगमन गरिरहेकी जानकारी दिएकी छिन । उनले हालसम्म कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य संस्थाहरुबाट प्रदान भैरहेको स्वास्थ्य सेवा सन्तोषजनक रहेको र नगरपालिकाभित्र खाद्य सामाग्रीको पनि अभाव नदेखिएको नगर उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले अनुगमनका क्रममा पाएको जानकारी गराउदै नगरपालिकाले हालसम्म ५ हजार विपन्न नागरिकहरुलाई राहत कार्ड उपलब्ध गराएको पनि बताइन ।
कागेश्वरी मनोहरा नगरपालिकाभित्र बसोबास गर्ने कोही पनि नागरिक भोकै नराख्ने उद्देश्यका साथ नगरपालिकाले कार्य गरिरहेको बताउदै उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट जोगिनका लागि लकडाउनको पूर्ण रुपमा पालना गर्न नगरबासीहरुलाई आग्रह पनि गरेकी छिन । अनुगमनमा उप प्रमुख सहित नगरपालिकाका प्रशासन अधिकृत,माधब खतिवडा, वडा नं ७ का वडा अध्यक्ष जीवन थापा लगायतले सहभागीता जनाएका थिए ।