टोखा नगरपालिकामा आज पनि राहत बितरण जारी

टोखा नगरपालिकामा आज पनि राहत बितरण जारी

कपन अनलाइन

काठमाडौं ,चैत २८

टोखा नगरपालिकामा आज राहत बितरण गरिएको छ ।

टोखा नगरपालिका वडा नं. १० मा नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले राहत बितरणको शुभारम्भ गरेको  वडा अध्यक्ष मधुसुदन पाण्डेले जानकारी दिए  ।
नगर प्रमुख अधिकारी, उपप्रमुख डंगोल र वडा अध्यक्ष पाण्डे लगायत १० वडाका जनप्रतिनिधिहरुले राहत बितरण गर्नुभएको वडा अध्यक्ष पाण्डेले जानकारी दिएका छन  ।
टोखा नगरपालिका वडा नं. २ मा पनि राहत बितरण गरिएको वडा अध्यक्ष दिपकराज जोशीले जानकारी दिएका छन  ।
टोखा नगरपालिका वडा नं. ३ मा पनि राहत बितरण गरिएको छ ।टोखा नगरपालिका वडा नं. ३ मा नगर उपप्रमुख ज्ञानमाया डंगोलले राहत बितरणको शुभारम्भ गर्नुभएको थियो ।
त्यसैगरी टोखा नगरपालिका वडा नं. ८ मा पनि राहत बितरण गरिएको छ । टोखा नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरुले राहत बितरण गरेका थिए  ।
टोखा नगरपालिका वडा नं. ९ मा पनि राहत बितरण गरिएको वडा अध्यक्ष जोग प्रसाद नेपालले जानकारी दिएका छन  ।
वडा नं. ९ का वडा सदस्य रामभक्त घिमिरेले हालसम्म वडाले ८ सय बढि विपन्न नागरिकलाई राहत बितरण गरिएको जानकारी दिए  । हिजो वडाले २ सय विपन्न नागरिकलाई राहत बितरण गरेको पनि उहाँले जानकारी दिनुभयो । ९ नं. वडामा नगर प्रमुख प्रकाश अधिकारीले राहत बितरणको शुभारम्भ गरेका थिए  ।त्यसैगरी टोखा नगरपालिका वडा नं. ११ मा पनि राहत बितरण गरिएको वडा सचिव सानु श्रेष्ठले जानकारी दिएका छन ।
टोखा नगरपालिकाले हाल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नागरिकहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका अति विपन्न, दैनिक ज्यालादारी गर्ने र कोठा भाडा लिई मजदुरी गरेर खाने परिवारलाई राहत बितरण गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन  ।
टोखा नगरपालिकाले हाल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नागरिकहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका विपन्न नागरिकलाई सरल, सहज र प्रभावकारी रुपले राहत बितरण गरिरहेको उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छन ।

तपाइँको प्रतिक्रिया ।