बुढानिलकण्ठ नगरको मूल सडक सरसफाई
कपन अनलाइन
काठमाडौं ,चैत २७।
बागमती प्रदेसका सभा सदस्य दिपक निरौला , नेकपा बागमती प्रदेस कमिटिका सचिवालय सदस्य सुन्दर पुर्कुटी ,नेकपा बुढानिलकण्ठ अध्यक्ष रबिन अधिकारी सहितको अगुवाइमा न्युरो अस्पताल देखि विष्णुमति पुलसम्म मूल सडक सरसफाई अभियान अन्तर्गत चपली घुम्ती देखि स्पेसल चोक सम्म सरसफाई गरिएको थियो।
लकडाउन कारण फोहोर मैला व्यवास्थापनमा समस्या परिरहेको समयमा मूल सडकमा रहेका फोहोर तथा अन्य सामाग्री व्यवस्थापन गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिकाको चपली घुम्ती देखि स्पेसल चोक सडक क्षेत्रको सरसफाइमा नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,बुढानिलकण्ठ निर्माण व्यवसायी संघका अध्यक्ष धुर्व भट्टराई ,वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का ,वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन ,वडा नं ८ का अध्यक्ष सुमन तामांग ,वडा नं २ का सदस्य राजेन्द्र श्रेष्ठ लगायत सहभागी रहेका थिए।
बुढानिलकण्ठ नगरको मुख्य सडकको सौन्दर्य तथा फोहोर नउठेको समयमा त्यस बाट हुन् सक्ने अन्य संक्रमण रोकथामका लागि सरसफाई गरिएको प्रदेस सभा सदस्य निरौलाले बताए । लामो समय सम्म फोहोर थुप्रिदा त्यस बाट अन्य रोगको पनि संक्रमण हुने भएकोले उक्त अभियान संचालन गरिएको उनको भनाइ रहेको थियो।
न्युरो अस्पताल देखि वडा नं ५ को विष्णुमति पुल सम्म निरन्तर सरसफाई गर्ने जानकारी दिदै निरौलाले सबै नगरवासीले आफ्नो घर अगाडिको सडक सरसफाई गर्नका लागि आग्रह गरेका छन।