उपत्यका बाहिर जान दिने निर्णय भएको छैन :उपप्रधानमन्त्री ईश्वर पोखरेल

उपत्यका बाहिर जान दिने निर्णय भएको छैन :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,चैत २७।

लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने कुनै पनि निर्णय नभएकाे पाईएकाे छ ।‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उप प्रधानमन्त्रि इश्वर पोखरेलले सो जानकारी दिएका हुन् ।

चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि ठूलो संख्यामा मानिसहरु पैदल नै गन्तव्य तर्फ लाग्न थालेपछि यो निर्णय लिइएको समाचार बाहिरिए पछी ‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उप प्रधानमन्त्री इश्वर पोखरेलले आफ्नो सामाजिक संजालमा सन्देस लेख्दै यस्तो कुनै पनि प्रकारको निर्णय नभएको जानकारी दिएका हुन् ।

पोखरेलको सन्देस :

‘ भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ ।

यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

तपाइँको प्रतिक्रिया ।