चन्द्रागिरि नगरपालिकामा बिदेशवाट आएकाहरूकाे स्वाब  परिक्षण सुरू

चन्द्रागिरि नगरपालिकामा बिदेशवाट आएकाहरूकाे स्वाब  परिक्षण सुरू

कपन अनलाइन 

काठमाडौं चैत्र २२ ।चन्द्रागिरि नगरपालिका नगरपालिकामा (काभिड १९) कोरोना भाइरसको स्वाब परिक्षण संकलन सुरू गरिएको छ ।चन्द्रागिरि १५ तिनथाना र चन्द्रागिरि ७ महादेवस्थानमा काभिड १९) कोरोना भाइरसको स्वाप परिक्षण संकलन सुरू गरिएको हाे ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ काे वडा अध्यक्ष ईन्जिनियर उत्तम बहादुर राउतले चन्द्रागिरी नगरपालिका र सशस्त्र प्रहरी बल अस्पताल बलम्वु अस्पतालकाे प्राविधिक सहयाेगमा बिदेशवाट आएका र हाेम क्वारेन्टाइनमा वसेका हरूलाई स्वाप परिक्षण र नमुना सकल गरिने बताए ।

ईन्जिनियर राउतका अनुसार चन्द्रागिरि १४ र वडा नम्बर १५ मा रहेका बिदेशवाट आ एका संयुक्त रूपमा १५ नम्बर वडा कार्यालयमा परिक्षण गरिएकाे बताए । १५ नम्बर वडामा अस्ट्रेलिया,कतार,बङ्गादेश,दुबई,भारतकाे बैङलाेर,दिल्लीबाट  आएका १३ जनाकाे स्वाब लिने काम भईरहेकाे छ भने १४ नम्बरवाट ११ जना बिदेश वाट आएकाहरूकाे नमुना संकलन गरिनेछ ।


सशस्त्र प्रहरी बलका प्रबक्ता डिआईजी प्रविन श्रेष्ठले सशस्त्र प्रहरी अस्पताल बलम्वु वाट  आएका दुई जना डाक्टर र स्वास्थ्यकर्मी सहित पाँच जनाकाे टाेली र नगरपालिकाकाे स्वास्थ्य टाेलीहरू परिचालित छन् । आज उक्ति वडा सकिए पछि चन्द्रागिरि ५,६,७ नम्बर वडाकाे काम सुरू गरिने बताए ।उनलेे घाँटी,नाक र मुखवाट र्‍याल संकलन पश्चात् केन्द्रीय प्रयाेगशालमा जाचकाे लागि पठाईने बताए ।नगरपालिकामा १४६ जना बिदेशवाट आएकाहरू हाेम क्वारेन्टाइनमा रहेका छन् ।

फोटो :रोशन दानी

तपाइँको प्रतिक्रिया ।