काठमाडौं महानगरपालिका- ४ का घरघरमा राहत कुपन पुर्याउदै ६५ स्वयंसेवक
कपन अनलाइन
काठमाडौं ,चैत २२।
काठमाडौं महानगरपालिका वडा नं ४ ले राहत वितरणका लागि संकलन गरिएको तथ्यांकलाई मापदण्ड तोकेर कुपन वितरण शुरु गरेको छ।
वडा नं ४ मा ६५ जना स्वयंसेवकहरुले राहत फारम भरेका वडा वासीको घर घरमा नै कुपन पुर्याउने व्यवस्था मिलाइएको छ।वडा वासीको घर घरमा कुपन उपलव्ध गराए पछी उनीहरुले वडाले तोकेको पसलमा सम्पर्क गरेर राहत लिन सक्नेछन।
त्यस्तै काठमाडौं महानगरपालिका वडा नं ४ ले वडाका विभिन्न क्षेत्रमा किटनासक औसधि छर्कने कामलाई निरन्तरता दिदै वडाको भूगोललाई आधार मानेर वडा सदस्यहरुको कार्यविभाजन गरेको छ।
वडा नं ४ को विपद व्यवस्थापनको अभियानमा नेपाली सेनाले पनि सहयोग पुर्याउदै आएको छ । काठमाडौं महानगरपालिकाका वडा नं ३,४ र १५ मा नेपाली सेनाले विशेष अभियान संचालन गरिरहेको छ।
टंगाल मावीमा क्वारेन्टाइन निर्माण गरिएको छ जहाँ अहिले भारत बाट आएको ४ जनाको एक परिवार बसिरहेको प्रदेस सभा सदस्य नारायण सिलवालले जानकारी दिदै वडा नं ४ को बागमती कलेजमा क्वारेन्टाइन निर्माण गरेको बताए।
वडा नं ४ का अध्यक्ष मोहन बहादुर विस्टले वडामा राहत वितरण र अन्य आपतकालीन सेवाको प्रवन्ध गरिएको जानकारी दिदै यस विषम परिस्थितिमा सबै वडावासीलाई सचेत र सजग हुनका लाघी अपिल गरेका छन।