लकडाउनको वेवास्ता गर्दै मासु ढुवानी गर्ने दुई जनालाई पाँच हजार जरिवाना
कपन अनलाइन
काठमाडौं ,चैत २२।
चन्द्रागिरि नगरपालिका स्तिथ चेकपोष्टबाट २ वटा मोटरसाईकलमा लकडाउनको बेवास्था गर्दै मासु ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलिले चेकपोष्ट बाट नियन्त्रण लिएको हो। नियन्त्रणमा लिईएकाहरू ओखलढुंगा घर भई हाल चन्द्रागिरि न.पा-११ सतुंगल बस्ने वर्ष ४० को राजन तामाङ र चन्द्रागिरि न.पा-११ सतुंगल बस्ने वर्ष २१ का हेमन्त अधिकारी रहेका छन। निजहरूलाई पशु क्वारेन्टाईन शाखा कार्यालय नागढुंगाको समन्वयमा जनही रूपाच हजार जरीवाना गरीएको छ ।
तपाइँको प्रतिक्रिया ।
