काठमाडौं र किर्तिपुरका ५०० सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण(PPE ) वितरण

काठमाडौं र किर्तिपुरका ५०० सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण(PPE ) वितरण

मितिः २०७६ चैत्र २१
कोभिड–१९ बाट सुरक्षित रहन ५०० सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण गरिएको छ  ।

यसै सन्दर्भलाई ध्यानमा राखी काठमाडौं महानगरपालिका, र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमागैर सरकारी संस्थागुथिद्वारा वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा यी २ नगरपालिकामा कार्यरत ५०० सरसफाईकर्मीहरुलाई ग्लोभ, मास्क, सुरक्षा पोशाक लगायतका व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण गरिएको हो  ।

सरसफाईकर्मीहरुका लागी व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा कृतग्यता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो अवसरमा प्रदान गरिएका व्यक्तिगत सुरक्षात्मक उपकरणले महामारीको समयमा अस्पतालजन्य फोहर व्यवस्थापन गर्न सुरक्षा प्रदान गर्ने धारणा राखेका थीए।

सरसफाईकर्मीहरुले यस पोशाकलाई अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ र सामान्य अवस्थामा पनि ग्लोभ, मास्कआदि सुरक्षात्मक सामग्रीको प्रयोगलाई निरन्तरता दिनुपर्ने उनको भनाइ रहेको थियो।

त्यस्तै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कोभिड–१९को महामारीको समयमा सरसफाईकर्मीहरुले उपलब्ध सुरक्षा पोसाक अनिवार्य रुपमा लगाउनु पर्ने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।

काठमाडौं महानगरपालिकाका प्रवत्ता इश्वरमान डंगोलले सरसफाई प्रति नगरपालिका सँधै नै संवेदनशील रहेको र यसको व्यवस्थापनकालागी दिर्घकालीन योजना बनाइरहेको बताएका थिए। हाल महामारीको भयावह अवस्था भएको हुँदा यस समयमा सरसफाईकर्मीको सुरक्षा र नगरबासीहरुको स्वास्थ्यको विषयमा नगरपालिका निकै गम्भीर धारणा राखेका थिए।

यस कार्यक्रमले ५०० सरसफाईकर्मीहरुलाई सुरक्षा पोसाकको प्रबन्ध र यसका लागी धेरै कृतज्ञ   रहेको फोहरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धन प्रसाद आचार्यले बताएका थिए।
फोहरमैला जस्तो अत्यावश्यक सेवाप्रदान गर्ने सरसफाईकर्मीहरुलाई काम गर्न सहज वातावरण नरहेको भन्दै फोहरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले यसका लागि स्थानीय सरकारले ध्यान पुर्याउनु पर्ने बताएका थिए।
“गैर सरकारी संस्था गुथिका प्राविधिक सल्लाहकार प्रकाशअमात्यले अहिलेको महामारीको अवस्थामामहानगरपालिका मार्फत  सुरक्षा सामग्री उपलब्ध गराउनुको उद्देश्य सरसफाईकर्मीहरुको पेशालाई सुरक्षित बनाउनु रहेको बताएका थिए।

फोहरमैलाव्यवस्थापन संघ नेपालको तथ्याङ्कका अनुसार काठमाडौ उपत्यकामा नगरपालिका र ६५ सरसफाई कम्पनीअन्तरगत २५०० सरसफाईकर्मी कार्यरत छन् ।

तपाइँको प्रतिक्रिया ।