लकडाउन को नियम पालना गरि सुरक्षित समाज निर्माणमा सहयोग गरौ :भैरब सापकोटा

लकडाउन को नियम पालना गरि सुरक्षित समाज निर्माणमा सहयोग गरौ  :भैरब सापकोटा

कपन अनलाइन

काठमाडौं चैत्र २१।  नेपाली काग्रेस काठमाडौं क्षेत्र नं ५ का उप सभापति एबम काठमाडौं क्षेत्र नं ५ बागमती प्रदेश  क का सभापति भैरब सापकोटाले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19)को प्रकोपको कारण सम्पूर्ण विश्व  आतंकित बनिरहेको बेलामा नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी भेटिएकाले स्वास्थ्य सतर्कता अपनाउन  सबैलाई अनुरोध गरेका छन्। उनले अहिले सर्वसाधरण नागरिक कोरोना भाइरसप्रति सचेत हुने भन्दा तर्सिरहेको बताएका छन् । कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । सापकोटाले कोरोना भाइरसले नेपालमा भयावह अवस्था लिइनसकेको बताउँदै सचेत हुन तर नतर्सिन  सबैलाई  अनुरोध गरेका छन् ।

कोरोना भाइरस कोभिड -१९ को संक्रमण रोक्न विश्व स्वास्थ्य संघठनले सुझाएको उपायहरुको अक्षरस पालना गर्नुको विकल्प नभएको र नपाली कांग्रेस बागमती प्रदेस काठमाडौं क्षेत्र नं ५ क  समितिले नेपाल सरकारद्वारा कोरोना भाइरस महामारी बाट नागरिकहरुलाई जोगाउनका लागि लीएका प्रयासहरुमा पूर्ण रुपमा सहयोग र साथ् दिदै आइरहेको बताएका छन्।मुलुकको यस विषम परिस्थितिमा जनताको स्वास्थ्य र अन्य किसिमका सेवा प्रदान गर्नको लागि तयारी अवस्थामा रहन पार्टीका यस क्षेत्र अन्तर्गत मातहतका सबै कमिटिका प्रमुख एबम पदाधिकारी भातृ एबम सुभेच्छुक संस्था लगायतका संस्थाहरुलाई आग्रह गर्दै दुखको यस घडीमा नागरिकको एकता र सचेतना बाट मात्र यो महामारी संग लड्न सकिने बताउदै सभापति  सापकोटाले  क्षेत्रीय प्रादेशिक एबम स्थानीय सरकारको सबै सकारात्मक कदमलाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।उनले आम नेपाली जस्तै अहिले आफु पनि घरमै बस्नु परेको बताए ।उनले घरमा बसेर हामी आफूलाई, आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले योगदान दिईरहेको बताए।उनले सक्रिय व्यक्ति बढी जनसम्पर्कमा आउने भएकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्ने भन्दै अनावश्यक भीडभाड र सार्वजनिक स्थलमा नजान पनि अनुरोध गरेका छन । उनले लगडाउनको नियम पालना गरि सुरक्षित समाज निर्माणमा सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

 उनले यस संबेदनसिल परिस्थितिमा काठमान्डौ क्षेत्र नं ५ भित्र बसोबास  गर्ने  सम्पूर्ण नागरिक को सुरक्षा र आबस्यकतालाई ध्यानमा राख्दै  साथ र सहयोगको लागि सदैब  आफु  तत्पर  रहेको पनि जानकारी गराए  | उनले केहि समस्या परेको खण्डमा आफु सदैब सहयोग गर्न तयार रहेको बताउदै  कुनै समस्या भएमा ९८५१०४४७८४ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।उनले यो विषम परिस्थितिमा तपाई हामीले गरेको सानो गल्तीले ठुलो बिनाश ल्याउन सक्ने भएकोले लकडाउनको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन अनुरोध समेत गरेका छन ।उनले आफन्त   कोहि विदेश बाट  आएको भए तुरुन्तै नजिकको प्रहरी वा वडा समितिमा खबर गरि सहयोग गर्न पनि अनुरोध गर्दै   जनहितको लागि सरकारले जारी गरेको नियमको पालना गर्दै  आफु पनि बाचौ र अरुलाई पनि बचाउन अनुरोध गरेका छन् ।उनले सरकारले गरेका निर्णय स्थानीय तहवाटै लागू हुने भएकोले निर्णयबारे स्पष्ट जानकारी लिन  पनि आग्रह गरे ।

सम्पूर्ण वडाभित्रका हरेक दिन ज्याला–मजदुरी गरी छाक टार्नेहरूको विवरण संकलन  भईरहेको हुँदा वडा कार्यलयमा सम्पर्क गर्न पनि अनुरोध गर्दै  वास्तविक दैनिक ज्यालादारी, मजदुर तथा स्रोत विहिन विपन्न वर्गका श्रमिकहरु कोहि पनि त्यसमा नछुटुन भनेर अपिल पनि  गरेका छन ।उनले त्यो राहत बास्तबिक  ब्यक्तिले  पाउनु पर्नेमा जोड दिदै उनीहरूलाई लक डाउनको अवधिभरी खान पुग्ने खाद्यान्न वा सो रकम बराबरको नगद उपलब्ध गराउन समेत सुझाएका छन् । उनले यस्तो बेलामा मानबको शु स्वास्थ्य ,मानवता विश्व शान्ति र बिकास मा सबै जना एक जुट हुनुको  बिकल्प छैन भन्दै यस जटिल घडीमा अपहार्यता भनेको सरकार सबै राजनीतिक दल ,फरक विचारधारा बोकेको मानिस र सर्वसाधारण एक जुट भएर कोरोना भाइरस बिरुद्द  लड्नु पर्ने बताए।उनले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरूको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन सरकारलाई सुझाब दिएका छन्।

तपाइँको प्रतिक्रिया ।