बुढानिलकण्ठमा अव वडा सदस्यको नेतृत्वमा सर्वदलीय स्वयंसेवक दस्ता परिचालन हुने

बुढानिलकण्ठमा अव वडा सदस्यको नेतृत्वमा सर्वदलीय स्वयंसेवक दस्ता परिचालन हुने

कपन अनलाइन

काठमाडौं ,चैत १८ ।

बुढानिलकण्ठ नगरपालिकाका वडाहरुमा हुने आपतकालीन सहयोग र राहत वितरणको व्यवस्थापन गर्नका लागि वडा सदस्यको नेतृत्वमा स्वयंसेवक समिति गठन हुने भएको छ ।

बागमती प्रदेस सरकारले निर्वाचित प्रदेस सभा सदस्यको संयोजनमा प्रत्येक निर्वाचन क्षेत्रमा अनुगमन तथा परिचालन समिति गठन गर्ने निर्णय पश्चात काठमाडौं क्षेत्र नं ५ (२) का प्रदेस सभा सदस्य दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

उक्त समितिमा निर्वाचित प्रतिनिधि संगै विभिन्न क्रियाशिल राजनीतिक दलका स्वयंसेवकहरु रहने र ति स्वयंसेवकले विषम परिस्थितिमा वडा बाट हुने राहत वितरण ,उद्दार तथा अन्य कार्यमा सहयोग गर्ने सांसद निरौलाले जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडा समिति गठन प्रक्रिया अगाडी बढेको र काठमाडौं महानगर र टोखामा रहेका अपह्नो निर्वाचन क्षेत्रमा पनि समिति निर्माण हुने निरौलाले जानकारी दिएका छन।

सो बैठकमा प्रदेस सभा सदस्य भीमसेन खत्री ,वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , ४ का अध्यक्ष राजु खड्का ,५ का अध्यक्ष विजय तामांग ,६ का अध्यक्ष नबिन केसी ,७ का अध्यक्ष बस नारायण महर्जन ,नेपाली सेनाका कर्नेल दिपक कोइराला तथा प्रहरी निरीक्षक भुपेन्द्र गिरीको सहभागिता रहेको थियो।

सो बैठकले लक डाउन उल्लंघनका घटनाको न्यूनीकरण गर्ने तथा तोकिएको समयमा खुलेका पसलहरुमा सुरक्षित रहन सचेत गराउने सहित राहत व्यवस्थानकाको कार्यको वारेमा समिक्षा पनि गरिएको थियो।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।