कागेश्वरी मनोहरा नगरपालिका कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सक्रिय भएर लागेको छ :नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौं चैत्र १८। कागेश्वरी मनोहरा नगरपालिका विश्वभर महाभारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्ने अभियानमा सक्रिय भएर लागेको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्ण हरि थापाले कपन अनलाइनलाइ बताए ।
उनले त्यसका लागि आफु सहित उपप्रमुख बिन्दु सिम्खडा पुडासैंनी, प्रवक्ता राजाराम पुडासैंनी, वडा अध्यक्षहरु, स्वास्थ्य सहसंयोजक लक्ष्मी कोइराला लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरु सक्रिय भएर कार्य क्षेत्रमा खटेको जानकारी गराए । उनले कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी स्वास्थ्य केन्द्रमा आवश्यक औषधी उपकरणसहित डाक्टर सहितको स्वास्थ्य टोली २४ सै घण्टा खटिरहेकोले बिरामीहरुलाई प्रस्तावित नगर अस्पताल मुलपानी स्वास्थ्य चौकीमा गई स्वास्थ्य सेवा लिन पनि नगर प्रमुख थापाले सबै नगरबासीहरुलाई आग्रह गरेका छन । उनले कागेश्वरी मनोहरा नगरपालिकामा वडा स्तरीय समन्वय समिति गठन गरेको बताए उनले कागेश्वरी मनोहरा नगरपालिकाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को नियन्त्रण तथा रोकथामका लागि सबै वडाहरुमा वडास्तरीय समन्वय समिति गठन गरेर कार्य गरिरहेको बताए ।
त्यस्तै उनले कागेश्वरी मनोहरा नगरपालिकाले आलापोट स्वास्थ्य चौकीमा क्वारेन्टाइन निर्माण कार्य सम्पन्न गरेको छ । कोरोना भाइरस (COVID-19) को संक्रमण देखिएका र शंका लागेका बिरामीहरुलाई सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्वारेन्टाइन निर्माण गरिएको जानकारी गराए ।उनले नगरपालिकाभित्र भएका सामुदायिक तथा निजि विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राखिएको बताउदै नगर प्रमुख थापाले विदेशबाट आएका नगरबासीहरुको तथ्यांक संकलन र स्वास्थ्य परीक्षणका लागि पनि कार्य भैरहेको बताए ।उनले नगरबासीलाई आपत्कालिन अवस्था आएमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
कागेश्वरी मनोहरा नगररबासी लगायत आम नागरिकलाई सरकारले गरेको निर्णयको सम्मान गरी घरमै सुरक्षित बस्न पनि नगर प्रमुख कृष्णहरि थापाले आग्रह गरेका छन् ।कागेश्वरी मनोहरा नगरपालिकाले नगरका सबै वडाहरुमा किट्नाशक औषधी क्लोरिन स्प्रे छर्ने कार्य गरिरहेको र नगरपालिकाका सबै वडाहरुमा क्लोरिन स्प्रे छर्ने कार्य जानकारी गराए ।
त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीलाई सहज र सरल रुपले स्वास्थ्य सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी गराउदै विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीलाई जोगाउन आपत्कालिन अवस्थामा एम्बुलेन्सको व्यवस्था गरिएको पनि बताए ।
उनले कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाका विपन्न तथा दैनिक मजदुरी गर्ने नगरवासीलाई राहात प्रदान गर्नका लागि कार्ड को व्यवस्था गरेको जानकारी गराउदै राहत लिने व्यक्तिको विवरण सहित सम्बन्धित वडा कार्यालयका प्रतिनिधिको सिफारिसमा प्रदान गरिने सो कार्ड बाहकले एक हजार बरावरको सामान प्राप्त गर्ने पनि बताए। त्यस्तै यस विशेष परिस्थितिमा नगरपालिकाले आवस्यक सबै किसिमको तयारी गरेको र नगरवासीले पनि सचेतना अपनाएर सहयोग गर्नका लागि पनि उनले अनुरोध गरेका छन ।
नगरपालिकाले विदेश बाट आएका नगरवासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका नगरवासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था नगरपालिकाले मिलाएको जानकारी दिदै उनले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको शाखाको आकस्मिक बैठक समेत सम्पन्न गरेको छ, सो बैठकमा नगरबासीहरुलाई आगामी दिनमा कसरी छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवालाई नियमित रुपमा सूचारु गर्ने सम्बन्धमा छलफल भएको स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी गराइन ।बैठकमा कागेश्वरी मनोहरा नगरपालिकाभित्र भएका सबै स्वास्थ्य संस्थाहरुमा PPE सेट सुरक्षा सामाग्री १/१ लाख रुपैंयाँको चेक हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी बैठकमा मुलपानी स्वास्थ्य चौकी प्रस्तावित नगर अस्पताललाई स्वास्थ्य सामाग्री र ३ लाख रुपैंयाँको चेक हस्तान्तरण पनि गरिएको थियो ।मुलपानी स्वास्थ्य चौकी (प्रस्तावित नगर अस्पताल) मा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क रुपमा आवाससहित खानाको व्यवस्था गरिएको स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइरालाले जानकारी गराइन।