बुढानिलकण्ठ-१२ खरिबोटका कुष्ठरोग पिडितहरुलाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत १८।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ खरिबोटमा रहेका कुष्ठरोग पिडितहरुलाई खाद्यान्न सहयोग गरिएको छ।सन् २००५ मा स्थापना भएको लिड नेपालमा आश्रय लिई रहेका ८ जना कुष्ठरोग पिडितलाई चामल ,दाल ,नुन र तेल लगायतका खाद्यान्न सहयोग गरिएको हो।
सो संस्थामा आश्रित रहेका पीडितलाई बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई तथा नगर कार्यपालिका सदस्य शान्ता ढकालले ति सामाग्री हस्तान्तरण गरेका थिए।
सो संस्थाका अध्यक्ष बासुदेव यादवले स आश्रममा आश्रय लिएका पिडितलाई सहयोग गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिदै अन्य कोहि कुष्ठरोग पिडित् भए सम्पर्क गर्न अनुरोध गरेका छन।
त्यस्तै वडा अध्यक्ष भट्टराईले वडामा रहेका कुनै पनि नागरिक भोकै बस्न नहुने बताउदै यसमा वडाले सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
