आफ्नो क्षेत्रमा कोरोना विरुद्ध सचेतना जगाउदै प्रदेस सभा सदस्य दिपक निरौला
कपन अनलाइन
काठमाडौं ,चैत १६।
बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले काठमाडौं क्षेत्र नं ५ (२) का विभिन्न वडामा सचेतना जगाउदै माइकिंग गरेका छन।कोभिड १९ कोरोना भाइरसको प्रकोप बाट बच्नका लागि सांसद निरौलाले आज बुढानिलकण्ठ नगरपालिका वडा नं ३,४,६,७ र टोखा नगरपालिका २.३,५ र ७ का विभिन्न स्थानमा माइकिंग गरेका हुन् ।
बिहान ६.३० बजे बाट शुरु गरिएको माइकिंगका क्रममा सांसद निरौलाले उक्त क्षेत्रमा खुलेका पसल तथा अन्य सेवाहरुका धनीहरुलाई सचेत बनाउदै सामाजिक दुरी कायम राख्ने प्रयास गर्नका लागि अनुरोध गरेका थिए ।
त्यस्तै बिहान प्रातकालिन भ्रमण गर्ने र अनावस्यक रुपमा हिड्दुल गर्ने स्थानीयहरुलाई सचेत बानाउदै सांसद निरौलाले अवका दिनमा सामाजिक दुरी कायम नगरी सामान किनबेच भएको पाइएमा ग्राहक संगै पसल धनीलाई पनि कारवाही हुने तर्फ सचेत गराएका थिए ।
त्यस्तै उक्त क्रममा धेरै चियापसल खुल्ला रहेको र त्यहाँ आवस्यक सुरक्षा उपाय नपनाइएको पाइएकोले यस तर्फ प्रहरी प्रसासनलाई सचेत गरिएको जानकारी दिदै सांसद निरौलाले यस विषम परिस्थितिमा सबैले अपह्नो सक्रिय भूमिका निर्वाह गर्दै सहयोग गर्नका लागि अपिल गरेका छन ।