लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को फूड बैक मार्फत सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ लाइ खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं चैत्र १६ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को फुड बैंक मार्फत गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल मा संचालित सुनौलो पाइला संस्थामा आश्रित बालबालिकाको हरुको लागि खाद्यान्न लगायतको सामग्री सहयोग गरेको छ।गत शुक्रबार उक्त संस्थामा आवश्यक चामल दाल , नुन ,तेल स्यानीटाईजर लगायतको सरसफाईका सामग्री संस्थालाइ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवालले संस्थाकी अध्यक्ष रोजिना बिष्ट(रोज)लाइ सामग्री हस्तान्तरण गरेका हुन।
सो कार्यक्रममा GAT AreaLeader खगेन्द्र सिटौला लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का वर्तमान फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , ,एरिया कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ,लायन पेमा छिरी शेर्पा लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन पूर्ण बहादुर तामाङ,लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले सरकारले गरेको लक डाउनका कारण खाद्यान्नको अभाब भइ संस्थाका बालबालिकामा समस्या नआओस भनेर सहयोग गरेको बताए। उनले लायन्स क्लबको अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप सेवामुलक कार्यलाई अगाडी बढाउदै फुड बैंक द्वारा खाद्यान्न लगायतको अत्यावश्यक सामग्री उपलब्ध गराएको बताए ।उनले मानवताको नाताले उक्त कार्य गरेको भन्दै सो कार्यक्रमलाइ सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले हाल लायन्स क्लबले फुड बैंकमा सहयोग गर्ने अभियान चलिरहेको पनि बताए ।
उनले लायन्स क्लबले बिभिन्न सामाजिक आश्रयस्थलमा सहयोग गर्नको लागि सहयोगी हातहरुले संयुक्त रुपमा संकलित रकम सामाजिक आश्रयस्थलहरुका आश्रितहरुलाई सहयोग गर्ने पनि बताए।उनले कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्नका निम्ति घरमै बसी नेपाल सरकार लगायत विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्न अनुरोध गर्दै कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि आत्म संयम हुन र सचेतना अपाउन समेत सबैमा अपिल गरेका छन ।
उक्त कार्यक्रममा बोल्दै सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट(रोज)ले सहयोग गरेकोमा आभार ब्यक्त गर्दै लायन्स क्लबले गरको सो खाद्यान्न संस्थालाई दुइ महिनालाइ पुग्ने भएको पनि बताइन। उनले संस्थालाई दाल र चामल लायन्स क्लबको सहयोग पश्चात दुइ महिनालाई पुग्ने भएको हुँदा अन्य आवश्यक संस्थाहरुलाई पनि सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् ।उनले संकटको बेला संचित मात्र गरेर नहुने भन्दै आवश्यकता हेरी सहयोग गर्नु पर्ने मा जोड दिएकी थिइन्।उनले कोरोनाको कारण निम्तिएको संकटको अवस्थामा सामजिक दुरी कायम पनि गर्नु पर्नेमा जोड दिदै संस्थामा दुइ महिनामा पुग्ने खाद्यान्न भए पनि ग्यास र खाजाको अभाब रहेको भन्दै त्यस्ता सामग्री सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् ।
असाहय तथा अनाथ बालबालिकाहरुलाई संरक्षण गरि उनीहरुको भबिष्य उज्ज्वल बनाउने उदेश्य सहित खोलिएको संस्था सुनौलो पाइला, जहा हाल १४ जना बालबालिकाहरुले आश्रय लिइरहेका छन्। आज भन्दा दुइ वर्ष अघि नेपालको प्राकृतिक प्रकोप लगायत बिभिन्न बिपत्तिमा परि आफ्ना अभिभावक गुमाएका गरिब तथा सहारा बिहिन पिडित बालबालिकाहरुको भबिष्य उज्ज्वल बनाइ देशको असल नागरिक बनाउने उदेश्य सहित संस्था स्थापना गरिएको हो ।