टोखा उद्योग वाणिज्य संघ द्वारा प्रहरीलाई पानी वितरण
कपन अनलाइन
काठमाडौं ,चैत १६।
टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघले महानगरिय प्रहरी बृत महाराजञ्ज र त्यस मातहतका प्रभागहरुलाई खानेपानी वितरण गरेको छ ।
मुलुकमा लकडाउन चलिरहेको अवस्थामा नेपाली जनताहरुको शान्तिशुरक्षामा खतिरहेका नेपाल प्रहरीहरुलाई खानेपानीको समस्या नहोस भन्ने उद्देश्यले टोखा उद्योग वाणिज्य संघले टोख नगरपालिकासँगको समन्वयमा शनिवार महानगरीय प्रहरी बृत महाराजगञ्ज र त्यस मातहतमा रहेका प्रभागहरुमा आवश्यकता र अवस्था हेरी खानेपानी वितरण गरिएको हो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकार र उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा २० लिटरको खानेपानी जार महाराजञ्ज प्रहरी बृत्तलाई २५ , तिलिङ्गाटार प्रहरी प्रभागलाई ५, गंगबु प्रहरी प्रभाग (नयाँ बस पार्क) १०, दिपज्वोति ५ र टोखा प्रहरी प्रभागलाई ५ वटा वितरण गरिएको टोखा वाणिज्य संघका अध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।
दिनरात नेपाली नागरिकहरुको सुरक्षामा खतिरहेका नेपाल प्रहरीहरुलाई केहि हदसम्म खानेपानीको समस्या नहोस भन्ने उद्देश्यले टोखा उद्योग वाणिज्य संघको पहलमा टोखा नगरपालिकामा सञ्चालित खानेपानी कम्पनिहरुसँगको सहकार्यमा शुद्ध खानेपानीको वितरण गरिएको संघका अध्यक्ष अधिकारीले बताए ।
लकडाउनको अवधिभरी टोखा वाणिज्य संगले टोखा नगरपालिकामा रहेका खानेपानी कम्पनिहरुसँग सहकार्य गरे वितरण गरिने र टोखा नगरपालिकासँग समन्वय गरि आवश्य परेको खण्डम क्वारेन्टाइनमा समेत खानेपानीको व्यवस्था मिलाइने संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।
महाराजगञ्ज महानगरीय प्रहरी बृत्तका डिएसपि उमेश लम्सालले यस विषम परिस्थितिमा नगरपालिका र व्यवसायीहरुले प्रहरीप्रति गरेको यस सहयोगले नागरिकको सुरक्षामा दिनरात खतिरहेका प्रहरी जवानहरुमा थप उर्जा थपिदिएको बताए ।
त्यस्तै गंगबु प्रभागका इनेस्पेटर सन्तोष दाहालले प्रहरी प्रशासन प्रति गरेको सहयोग प्रति धन्यबाद दिदै प्रहरीको स्वस्थ्य सुरक्षाका लागि आवस्यक पर्ने मास्क ग्वोल्सव स्यानिटाइजरहरुको पनि व्यवस्था गरिदिए सुरक्षित भएर निर्धकका साथ कार्यक्षेत्रमा काम गर्न सकिने भन्दै नगरपालिका र वाणिज्य संघलाई व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध गरेका थिए ।
उक्त खानेपानी वितरणमा वाणिज्य संघका प्रवक्ता रघुनाथ पनेरु तथा सदस्यहरु भुवन लोहनी र सुबिन्द्र श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।