अत्यावश्यक सामाग्री नगरवासीका घरघरमा पुर्याउने व्यवस्था मिलाएका छौ :बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाडौं ,चैत १५
बुढानिलकण्ठ नगरपालिकाले खाद्य सामग्री र ग्यास जस्ता अत्यावश्यक सामाग्री नगरवासीका घरघरमा सवारीमार्फत ढुवानी गर्ने व्यवस्था गरेको जानकारी दिएको छ ।
कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामाग्री , ग्यासलगायत अत्यावश्यक सामान अभाव रहेको गुनासो आए संगै नगरपालिकाले आवस्यकता हेरेर यो सेवा दिन लागेको नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिए ।
“च सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउने र यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गर्ने जानकारी खरेलले दिएका छन ।
तपाइँको प्रतिक्रिया ।