कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का पसलहरुमा गोलो घेरा निर्माण

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का पसलहरुमा गोलो घेरा निर्माण

कपन अनलाइन

काठमाडौं, चैत्र १५ । कागेश्वोरी मनोहरा नगरपालिका वडा नं १ मा दैनिक उपभोग्य बस्तु बेचबिखन हुने पसलहरुमा ग्राहक विच सामाजिक दुरी कायम राख्न घेरा निर्माण गरिएको छ।

वडावासीको  सुरक्षामा संवेदनशीलतालाइ धयानमा राख्दै वडा अध्यक्ष  मकुन्द प्रसाद गजुरेल सहित स्थानीयको अग्रसरमा उक्त कार्य गरिएको हो ।उक्त वडाका पसलमा १ मिटर दुरीमा घेरा तयार गरेको र ग्राहकहरुलाई सो नियम पालना गराउन र सुरक्षित बस्न व्यवसायीहरुलाई  नगरपालिकाले अनुरोध गरेको छ त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा बिभिन्न देश बाट फर्किएकाहरुको सुची समेत संकलन गरिएको  र उनीहरुलाई  जनप्रतिनिधिहरुको  सम्पर्कमा रहने गरि सेल्फ क्वारेन्टाइनमा  राखिएको वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले कपन अनलाइन लाइ बताए।

 त्यस्तै उनले उनले अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न  ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील  घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेका छन्  । उनले कुनै पनि समस्या भए तत्काल जनप्रतिनिधिहरुलाई खबर गर्न पनि अनुरोध गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।