समाजसेवी गजेन्द्र लामा (आले मामा ) रहेनन
कपन अनलाइन
काठमाडौं ,चैत १४ ।
काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध निवासी समाजसेवी गजेन्द्र लामाको निधन भएको छ। आले मामाको नामले सुपरिचित लामा लामो समय देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील रहेका थिए।
लुम्बिनी बिकास कोषका पुर्ब उपाध्यक्ष,बौद्धनाथ क्षेत्र बिकास समितिको पुर्ब अध्यक्ष रहेका लामाले काठमाडौंको उत्तरी क्षेत्रको महत्वपूर्ण महेन्द्र बौद्ध मावीको अध्यक्षका रुपमा पनि सेवा गरेका थिए।
नेपाली कांग्रेस काठमाण्डौ ३ बाट निर्वाचित महासमिति सदस्य रहेका लामा नेपाल अपाङ्ग संघका पुर्व अध्यक्ष, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका पुर्व अध्यक्ष, चक्र फाउण्डेसनका अध्यक्षका रुपमा पनि सामाजिक र राजनीतिक योगदान पुर्याएका थिए।
अनवरत रुपमा विभिन्न अभियानमा सक्रिय रहेका लामा लायन्स क्लव अफ काठमाडौं जोरपाटीमा पनि आवद्ध रहेका थिए।लामाको उपचारका कर्ममा भारतको दिल्लीमा चैत १३ गते निधन भएको हो।