आफ्नो निजि सवारी साधन आपतकालीन सेवामा प्रयोग गर्न दिने गोकर्णेश्वर १ का वडाअध्यक्ष राम मानन्धरको घोषणा
कपन अनलाइन
काठमाडौं चैत्र १४। गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा प्रतिकार्यको लागी गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा बासिहरुको स्वास्थ्यको मध्यनजर गर्दै आपतकालिन स्थितिमा आफ्नो निजो सवारी साधन निशुल्क उपलब्ध गराउने भएका छन ।
लक डाउन को अवस्थामा रहेका वडा बासीलाइ कुनै पनि किसिमको आपतकालीन स्वास्थ्य सेवा लिनु परेमा सहज ढुवानीका लागि आफ्नो बा १२ च ७२५० नं को गाडी उपलब्ध गराउन लागेको गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले कपन अनलाइनलाइ बताए। त्यस्तो अवस्था आएमा उनले ९८५१०६१८५६मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।नेपाल सरकारले पूर्ण रुपमा लकडाउन गरेको आवस्था कुनै आपतकालीन अवस्था र जनताको सेवाका लागि आफ्नो सवारी साधन प्रयोग गर्न सक्ने घोषणा गरेका वडा अध्यक्ष राम मानन्धरले यस समयमा सबैले सचेत बन्नु पर्ने बताएका छन ।
साथै उनले सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा वडाले सहयोग गर्ने बताएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं १ मा वडा बासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै वडा अध्यक्ष राम मानन्धरले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन पनि वडा बासीलाई अनुरोध गरेका छन् ।