कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आज बाट ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कने
कपन अनलाइन
काठमाडौँ, चैत्र १४ ।विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमण को जोखिम न्यूनीकरणको लागि कागेश्वोरी मनोहरा मानिसको अत्यधिक भीडभाड हुने नगर क्षेत्र भित्रका विभिन्न स्थानमा ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि आज बाट छर्कने भएको छ। मानिसहरुको बढी भिडभाड हुने स्थान अस्पताल लगायतको क्षेत्रमा ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन लागको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले कपन अनलाइनलाइ बताए ।
उनले सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिइने पनि बताए ।यो विश्वव्यापी सङ्क्रमणको बेला हो । त्यसैले सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ”, उनले भने, राज्यले अघि सारेको अभियानलाई समेत आत्मसात् गर्दै कागेश्वोर मनोहरा नगरपालिका निरन्तर लागिरहने बताउदै यसको लागि सबैले सहयोग आवश्यक भएको बताए।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको पनि जानकारी दिए । उनले लक डाउन को अवस्थामा रहेका नगरवासीलाई कुनै पनि किसिमको आपतकालीन स्वास्थ्य सेवा लिनु परेमा सहजताको लागि एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिदै सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताए । कागेश्वरी मनोहरा नगरपालिकामा नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै प्रमुख थापाले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना संक्रमण र यस बाट बच्नका लागि गरिएको अभियानमा कुनै आपत वीपद परेको खण्डमा उपयोगका लागि २५ लाख रुपैयाको कोष स्थापना गरेको जानकारी दिदै नगरपालिकाले उक्त रकम वडाको जनघनत्व अनुसार विभाजन गरेर नगरवासीलाई खाद्यान्न तथा अन्य सहयोग उपलव्ध गराउने बताए ।त्यस्तै नगरपालिकाले स्थापना गरेको यस कोषमा नगरवासी र अन्य इच्छुक महानुभावले सहयोग गर्न सक्ने नगरपालिकाले जानकारी दिएको छ ।
त्यसै गरि नगरपालिका भित्र ज्यालादारीमा काम गरि जीवन यापन गर्ने बिपन्न व्यक्तिहरुले आफु र आफ्नो परिवारको बिवरण जनप्रतिनिधि मार्फत आ- आफ्नो वडामा टिपाउन सो बिवरण बमोकोम अत्यावश्यक खाद्यान्नको व्यवस्था नगरपालिका तथा नेपाल सरकारले गर्न सहज हुने बताए। त्यसै गरि नगरपालिका भित्र ग्यास मट्टीतेल लगायतका इन्धन खाद्यान्न पसल तरकारी ,दुध जस्ता दैनिक आवश्यक पर्ने पसल बिहान र बेलुका निश्चित समयमा खोलि भिडभाड नगराइ बिक्रि वितरणको व्यवस्था गर्न पनि अनुरोध गर्दै नगरपालिकाले वडा मार्फत मास्कको वितरण व्यवस्था गरेको पनि पनि बताए ।