मोलुङ गाउँपालिकाको शहीद आदर्श क्याम्पसमा १५ शैय्याको क्वारेन्टाइन तयार

मोलुङ गाउँपालिकाको शहीद आदर्श क्याम्पसमा १५ शैय्याको क्वारेन्टाइन तयार

कपन अनलाइन

काठमाडौं ,चैत १३

ओखलढुंगा जिल्लाको  मोलुङ गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले रामपुरमा रहेको शहीद आदर्श क्याम्पसमा १५ शैय्याको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संभावित संक्रमण रोक्न र संक्रमितको उपचारका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रहेको १० लाख मध्येबाट आपत्कालीन क्वारेन्टाइन व्यवस्था गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले क्वारेन्टाइन निर्माण गर्न प्रहरी, प्रशासन र सम्बन्धित वडा कार्यालयहरुको सहयोग लिने भएको छ । यस्तै गाउँपालिकाले मोलुङका बासिन्दाहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्नका लागि अपिल गर्ने निर्णय गरेको छ ।
यस्तै गाउँपालिकाको बैठकले कोरोना भाइरसको संभावित संक्रमण र उपचारका लागि क्वारेन्टाइनमा चप्पल, साबुन, डस्बिन, थर्मस, गिलास, ट्यांकी र औषधिलगायतका सामग्रीहरू समेत खरीद गरेर तयारी अवस्थामा रहने निर्णय गरेको छ ।
बैठकबाटै गाउँपालिकाका बासिन्दामा कोरोना भाइरससम्ब्नधी जनचेतना जगाउने, गाउँपालिकाका सूचना तथा समाचार नियमित मिडियामा सम्प्रेषण गराउने, नियमित बजार अनुगमन गर्नेलगायत निर्णय गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।