चन्द्रागिरि नगरपालिकाका विभिन्न वडामा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु

चन्द्रागिरि नगरपालिकाका विभिन्न वडामा  ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु

कपन अनलाइन

काठमाडौं ,चैत १३

चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, नगर प्रवक्ता हरिभक्त महर्जन र मेजर यलुङ् हाङ् राईले प्रत्यक्ष फिल्डमा उत्रेर हाइवे र भित्री बाटो दायां बायां स्प्रे गर्ने कामको शुरुवात गरेका थिए । सेनाले नगरपालिकालाई तीन सेक्टरमा बिभाजन गरि लगातार स्प्रे गर्ने कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ।‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।

त्यस्तै  चन्द्रागिरि नगरप्रमुखले अहिलेको संवेदनशिल समयमा सबै नगरवासीले संयमता र सचेतना अपनाउनु पर्ने भन्दै नगरपालिकाले यो संक्रमण संग लड्न तयारी गरेको जानकारी दिएका छन।

त्यस्तै कुनै आपतकालीन अवस्था परेको खण्डमा जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गर्दै प्रमुख गिरीले अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।