आक्रामक बन्यो बुढानिलकण्ठ प्रहरी लकडाउन अवज्ञा गर्नेलाई कडा कारवाही गर्ने

आक्रामक बन्यो बुढानिलकण्ठ प्रहरी लकडाउन अवज्ञा गर्नेलाई कडा कारवाही गर्ने

 कपन अनलाइन 

काठमाडौं ,चैत १२।

बुढानिलकण्ठ प्रहरीले लकडाउनको दोश्रो दिन लक डाउन अवज्ञा गर्ने लाई कारवाही कडा बनाउदै चेकजाँच तीव्र बनाएको छ।

नेलक डाउनको पहिलो दिन धेरैले यसको उल्लंघन गरेको सुचना प्राप्त गरेको प्रहरीले दोश्रो दिन भने विभिन्न स्थानमा पोस्ट खडा गरेर तथा घुम्ती टोलि बनाएर चेकजाँच गर्दै अवज्ञा गर्नेलाई कारवाही गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न चोक र सडकमा  मानिसहरु बिनाकाम हिडिरहेको सुचना पाए पछी  बुढानिलकण्ठ प्रहरीले कडाइ गर्न थालेको हो ।

स्वास्थकर्मी,खानेपानी -दुध आदिको ढुवानी ,एम्बुलेन्स ,संचारकर्मी आदि अत्यावश्यक बाहेकलाइ बाहिर निस्कन निषेध गरिएको छ ।

।फोटो :दिपेन्द्र थापा

तपाइँको प्रतिक्रिया ।