गरिव र श्रमजीवी नागरिकलाई निशुल्क खाना तथा पानी उपलव्ध गराउने व्यवसायी गणेश खड्काको घोषणा

गरिव र श्रमजीवी नागरिकलाई निशुल्क खाना तथा पानी उपलव्ध गराउने व्यवसायी गणेश खड्काको घोषणा

कपन अनलाइन

काठमाडौं ,चैत १२ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ निवासी युवा उद्योगपति गणेश खड्काले  कपन क्षेत्रमा श्रम र मजदुरी गरि बसोबास गर्ने  गरिब परिवारका व्यक्ति तथा  बालबालिकाहरुलाई  रासन,पानी उपलव्ध गराउने घोषणा गरेका छन।

यस संकटको घडिमा कुनै पनि नागरिकले भोकै बस्न नपरोस भनेर आफ्नो सामाजिक दायित्व निर्वाह गर्नका लागि सबै तयार रहनुपर्ने भन्दै खड्काले कसैले पनि यस्तो परिस्थिति सामना गर्नुपरेको भए ९८५१०७७१७९ मा सम्पर्क गर्न सक्ने बताएका छन ।

अहिले विस्वका सामु कठिन समय रहेको र यस्तो समयमा सबै नागरिकले आफ्नो स्थान बाट सकेको सहयोग गर्नु पर्ने बताउदै खड्काले यस्तो सहयोगका लागि अरुलाई पनि अपिल गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।