सरसफाईमा ध्यान दिदै सुरक्षित भइ सेल्फ क्वारेन्टाइन (आफ्नै घरमा) बस्न गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अनुरोध
कपन अनलाइन
काठमाडौँ, चैत्र ११। कोभिड १९ (कोरोना) ले विश्वलाई नै चुनौती दिईरहेको छ । संसारभरिका धेरै मानिसहरू उक्त भाईरसका कारण संक्रमित छन र हजारौंको संख्यामा ज्यान गएको छ । विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को संक्रमण तथा त्यस बाट सृजित जोखिमको सन्दर्भमा गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक सुचना मार्फत सम्पूर्ण वडाबासी हरुलाई त्रसित नभईकन आफै सुरक्षित भई सरसफाईमा ध्यान दिन आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन (आफ्नै घरमा) बस्न पनि अनुरोध गरेको छ ।
कुनै पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किदिन र जथाभाबी भिड भाड नगरिदिन पनि अनुरोध गरेका छन , साथै वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोजकुमार ढुंगानाले अरु देशमा परेको प्रभावले हामीलाई सचेत हुन सिकाएको बताउदै कोरोना भाईरसका लक्षण के हुन्छ , यो एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्ने गर्दछ र उक्त भाईरसबाट कसरी बाँच्न सकिन्छ भन्ने विषयमा गोकर्णेश्वर नगरपालिकाले बिभिन्न माध्यम बाट आमजनतालाई दिनहुँ सुसूचित गराएको बताए।
यो महामारीबाट जोगिनका लागि अहिले हामी लकडाउनको अवस्थामा छौं । यो महामारीबाट जोगिनका लागि । महामारी फैलिएको देशहरूबाट पनि हामीले धेरै शिक्षा लिएका छौं ।आपतकालीन अबस्थामा हामी सबै नेपाली एकताबद्ध भएर कोरोना भाईरससँगको युद्ध जित्नु पर्ने र त्यसैको लागि एकजुट हुदै आफू बचौं र अरुलाई पनि बचाउन अनुरोध गरेका छन । आतंकित हुने होईन सचेत बन्ने हो , चिन्ता गर्ने होईन चिन्तन गर्ने हो , मनोबल उच्च बनाएर इम्युनिटी पावर बढाउन पर्ने बताए ।
साथै गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले वडा अध्यक्षको संयोजकत्वमा वडा सदस्यहरु सहित कोरोना भाइरस समन्वय समिति गठन गरेको छ । जसमा खाद्यान्न तथा ग्यास, औषधी पसल, स्वयं सेवक दस्ता तथा स्वास्थ्य परामर्श को लागि हट लाइन नं आदि रहेका छन्।
समितिमा विभिन्न सदस्यहरु छन्। रोकथाम तथा पूर्व तयारी गर्नका लागि गठन भएको समितिमा
१ .सदस्य- भरत गुरुङ – ९८५११०७०७- (खाद्यान्न तथा ग्यास)
२.सदस्य- सुवास श्रेष्ठ – ९८४१३८८१३५ -(खाद्यान्न तथा ग्यास)
३.सदस्य- विजय कुमार आचार्य- ९८४१३८६१३ – (औषधि पसल)
४. सदस्य- उमेश तामाङ्ग – ९८४१५९८०३९- (खाद्यान्न तथा ग्यास)
५.सदस्य- श्री चन्द्र नगरकोटी – ९८४३२३५००५- (खाद्यान्न तथा ग्यास)
६. सदस्य- बिरेन्द्र श्रेष्ठ- ९८४९१७००६०- (खाद्यान्न तथा ग्यास)
७. सदस्य- लक्ष्मण चौलागाइ- ९८५११६३८८७- (स्वयम सेवक)
८. सदस्य- राजेश दाहाल- ९८५१२०५२५९(ग्यास पसल )
९. सदस्य – लक्ष्मी पडासैनी- ९८४१३४६५०८ – (खाद्यान्न पसल)
१०. सदस्य – रोशन देवकोटा- ९८५१०६६६१- (औषधि पसल)
११. सदस्य – कुमार श्रेष्ठ- ९८४१३४५६७७- (स्वयम सेवक)
१२. सदस्य – मदन श्रेष्ठ- ९८४१४४२०५१- (स्वयम सेवक)
१३ . सदस्य – सुमन लामा -९८४१९७५८१०- (स्वयम सेवक)
१४. सदस्य – दिनेश राई – ९८४१३९०३३२- (स्वयम सेवक)
१५. सदस्य – रविन्द्र चापागाई- ९८५११४४२०२- (स्वयम सेवक)
१६. सदस्य – कृष्ण प्रसाद नेपाल- ९८४१८१०८४५ (स्वयम सेवक)
१७. सदस्य – लालचन्द्र ढकाल- ९८४३५४९०४९- (खाद्यान्न पसल)
—————————–
(स्वास्थ्य परामर्श)को लागि
—————————–
डा. सुवास प्याकुरेल (हेल्प कन्सने नेपाल)- ९८५१११५३०६ , ९८४१४८५६०३ – (संयोजक)
डा.सतीशकुमार देव (त्रि.वि शिक्षण अस्पताल)- ९८५१११०५९९ – (सदस्य)
डा. सन्तोष गौतम (किस्ट मेडिकल कलेज)- ९८५११८५३७५ – (सदस्य)
डा.पवनराज चालिसे (पि.बि.शिक्षण अस्पताल)- ९८५१०६७९८०- (सदस्य)
डा.युवराज खरेल (नेपाल आर्थोपेडिक अस्पताल)- ९८५१०६१२७८- (सदस्य)
डा.रमेश ढकान (शंकरपुर अस्पताल)- ९८४१०६९९४५- (सदस्य)
हरिप्रसाद उपाध्याय (स्वास्थ्य तथा वातावरण शाखा प्रमुख , गो.नपा.)- ९८४१३९१०००- (सदस्य)
डा. सिर्जना पाण्डे (गोकर्ण प्राथमिक अस्पताल प्रमुख)- ९८४९०२२८१५- (सदस्य)
डा. उर्मिला भारती (नेपाल मेडिकल कलेज ,आत्तरखेल ) – ९८६३२७७७२२- (सदस्य)
डा.समिर थापा (नेपाल मेडिकल कलेज ,आत्तरखेल )- ९८६३२७७७९८- (सदस्य)
वडा अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो ।साथै कुनै पनि असहज परिस्थिति र केहि समस्या भएमा वडा अध्यक्ष मनोजकुमार ढुंगाना, ९८५१०३६९०३,९८२८०५७२६३ , वडा सदस्य एबम जिल्ला समन्वय समिति सदस्य सानान्नी लामा , वडा सदस्य नन्द लाल श्रेष्ठ ९८४१३४५४६१, वडा सदस्य डम्बर बहादुर श्रेष्ठ ९८४१३२५९४८, वडा सदस्य सोबिता मिजार ९८४०३४१९०१, वडा सचिब सुदिप हमाल ९८४९४४६५५८ मा सम्पर्क गर्न सकिने छ ।