टोखाका विभिन्न स्थानमा हात धुनका लागि पानी ट्यांकी,आपत परे नगरपालिका सहयोगका लागि तयार
कपन अनलाइन
काठमाडौं ,चैत ११।
कोभिड १९ कोरोना भाइरस बाट नगरवासीलाई सुरक्षित राख्नका लागि टोखा नगरपालिकाले विभिन्न स्थानमा हात धुनका लागि पानी ट्यांकीको व्यवस्था गरेको छ ।
नगरवासीको स्वास्थ्य र यो महामारीमा उनीहरुको सुरक्षा नगरपालिकाको पहिलो प्राथमिकतामा रहेकोले प्रारम्भिक तयारी स्वरूप यो कार्य गरिएको र अन्य व्यवस्थापन पनि तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै पूर्ण रुपमा लक् डाउन भएको अवस्थामा त्यसका प्रावधान पुरा गर्दै सरकारलाई सहयोग गर्नका लागि अनुरोध गर्दै टोखा नगरपालिकाले अति आवस्यक पर्दा मात्र बाहिर निस्कन अनुरोध गरेको छ । त्यस्तै कुनै संकट वा अफ्ट्यारो परेमा नगरपालिका सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिदै नगरवासीलाई संयम हुन् आग्रह गरिएको छ ।
टोखा नगर प्रमुख प्रकास अधिकारीले कुनै पनि किसिमका शंकास्पद विरामी देखिएमा उनीहरुलाई आइसोलेसनमा राखेर उपचारका लागि १० बेड क्षेमताको अस्पताल निर्माण भैसकेको जानकारी दिदै उक्त अस्पतालमा ५ जना डाक्टर र अन्य जनशक्ति जुन सुकै वेला पनि उपलव्ध हुने व्यवस्था मिलाएको जानकारी दिएका छन।