काेराेनाकाे सचेतना जगाउदै हात धुने सावुन वितरण अभियानमा नेपाल प्रहरी

काेराेनाकाे सचेतना जगाउदै हात धुने सावुन वितरण अभियानमा नेपाल प्रहरी

कपन अनलाइन

रोल्पा ,चैत ११ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे रोल्पाको दुर्गम गाउँमा प्रहरीले सचेतना कार्यक्रम का साथै हात धुने सावुन वितरण गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा जिल्लाको माडी गाउँपालिका–२ पारिबाङ गाउँमा कोरोनाबारे घरदैलो सचेतना कार्यक्रम संगै हात धुने सावुन वितरण गरिएको हाे ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक शंकर खड्काले दलित तथा विपन्न समुदायको बसोबास रहेको गाउँमा घर–घरै पुगेर कोरोनाबाट बच्न साबुन पानीले हात धुन, बिरामी परेमा तत्काल अस्पताल जान र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरिएको बताए ।

प्रहरी निरीक्षक खड्काले समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत घर घरमा जनचेतना दिदै साबुन पानीले हात धुन सिकाउदै सावुन वितरण अभियान सञ्चालन गरिएपछि स्थानीय हर्षित भएका उनलेे भनाइ छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार अभियान अन्तर्गत ६ सय वटा साबुन वितरण गरिएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।