कोरोना राहत कोषमा एक महिनाको तलव दिने सांसद यज्ञराज सुनुवारको घोषणा

कोरोना राहत कोषमा एक महिनाको तलव दिने सांसद यज्ञराज सुनुवारको घोषणा

कपन अनलाइन

ओखलढुंगा , चैत १०।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले व्क महिनाको तलव कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएको कोषमा जम्मा गर्ने घोषणा गरेका छन।
सुनुवारले विश्व मानव जगत यतिबेला कोरोना भाइरस (Covid-19) को कारण अस्तब्यस्त जस्तै बनेको बेला आफुले सहयोगको घोषणा गरेको र
त्रासको यस घडीमा मानव जातिले सो रोगबाट शिघ्र उन्मुक्ति पाओस् भन्ने कामना सहित नेपाल सरकारले यस रोगको विरुद्ध सन्चालन गरेको अभियान प्रति ऐक्यबद्धता प्रकट गरेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।