बुढानिलकण्ठ नगरपालिका वडा -६ द्वारा बजार अनुगमन
कपन अनलाइन
काठमाडौं, चैत १० । बुढानिलकण्ठ नगरपालिका वडा नं -६ ले बजार अनुगमन गरेको छ।बुनपा – ६ कार्यालयको निर्णय अनुसार वडामा सन्चालित दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव तथा कालोबजारी नियन्त्रणको लागी खाद्यान्न पसल र मेडिकल पसलमा वडाको स्थानिय जनप्रतिनिधिहरु, स्थानिय प्रहरी सहितको टोलीले बजार अनुगमन गरेको हो।
उक्त अनुगमन टोलीले चपली घुम्ती – गणेशचोक – बासुकी मार्ग र खड्कागाउ चोकमा चैत १० गते सोमबार बिहान बजार अनुगमन कार्य गरेको हो। अनुगमन पश्चात यदि कोहि कसैले कालो बजारी गरेको पाइयमा तुरुन्त खबर गर्न आग्रह गरेको छ।
तपाइँको प्रतिक्रिया ।